नगरपालिकाका गाडीहरुलाई एम्बुलेन्सको रुपमा प्रयोग गराउन वडा अध्यक्ष आचार्यको आग्रह
  • CIA Khabar

  • कपिलवस्तु । कपिलवस्तुको बुद्दभुमी नगरपालिका वडा नं -३ का वडा अध्यक्ष बिकास आचार्यले नगरपालिकामा प्रयोग भइरहेका गाडीहरू र सवारी साधनलाइ कोभिड-१९ को महामारीमा एम्बुलेन्सको रुपमा प्रयोग गराउन सुझाब दिनु भएको हो ।

    उहाले कसैलाइ एम्बुलेन्सको अभाबमा मृत्युवरण गर्न नपरोस भन्ने हेतुले नगर प्रमुख र प्रशासकिय अधिकृतले प्रयोग गरेको गाडीलाई एम्बुलेन्सको रुपमा प्रयोग गर्न सुझाव तथा आग्रह समेत गर्नु भएको छ । बुद्दभुमी नगरपालिकाका नगर प्रमुख केशब कुमार श्रेष्ठ र नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनिल पौडेलले दुई वटा गाडी हरु निजि प्रयोजनका रूपमा प्रयोग गरिरहदा वडा अध्यक्ष बिकास आचार्यले यस्तो सुझाब दिनु भएको हो । उहाले सामाजिक संजालमा लेख्नु भएको छ :

    “हाम्रो बुद्धभुमी नगरपालिकामा हाल २ ओटा गाडिहरु छन जुन मेयर साप र प्रमुख प्रशासकीय अधिकृतले प्रयोग गरि राख्नु भएको छ,बढ्दो कोभिड संक्रमण सङै बिरामीहरु एम्बुलेन्सको अभावमा मृत्युबरण गर्न नपरोस् भन्ने हेतुले ती दुई गाडिलाइ एम्बुलेन्सको रुपमा प्रयोग गर्दा जनतालाइ राहत मिल्थ्यो कि?”

  • २३ बैशाख २०७८, बिहीबार १४:०८ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images