युवा अवस्थामै ढाड दुख्ने ७ कारण
  • CIA Khabar

  • वृद्धहरुमा मात्र नभई अहिलेका युवा पुस्तामा पनि देखिएको एउटा साझा समस्या हो, ढाडको दुखाइ । अहिले धेरै मानिस ढाड दुखाइको समस्याबाट पीडित छन् । ढाड दुख्नुमा केही खराब बानी जिम्मेवार रहने गर्दछन् । यसका लागि दैनिक गतिविधिप्रति सतर्क र सचेत हुनुपर्छ ।

    १- बस्दा ख्याल गर्ने
    उठ्दा भन्दा बस्दा हाम्रो स्पाइनको हड्डीमा धेरै दबाब पर्छ । यसकारण लामो समयसम्म एकै स्थानमा बस्नेहरुमा ढाड दुख्ने गर्दछ । त्यसैले बेला–बेलामा उठेर टहलिनु राम्रो हुन्छ ।

    २- लामो समय एउटै सिटमा नबस्ने
    लामो समयसम्म एकै स्थानमा बसेर काम गर्दा पिठको मांसपेशी कमजोर हुन्छ । जसले दुखाईको समस्या हुने गर्दछ । त्यसैले कार्यालयमा लामो समय बसेर काम गर्नेहरुले समय समयमा ब्रेक लिनु जरुरी छ ।

    ३- बस्ने सहि तरीका
    कुर्सीमा बस्दा एकै पटक थ्याच बस्नु भन्दा केही बिस्तारै बस्नु पर्दछ । लगातारको कामपछि बेला बेलामा थोरै सुतेको मुद्रामा बस्नुपर्छ । तर, कुर्सी भने त्यही स्थितिमा रहनुपर्छ । साथै बेला बेलामा टाउको सिधा गर्ने र दायाँ बायाँ हेर्नु गर्नु पर्दछ ।

    ४- ९० डिग्री एंगलमा बस्ने
    आरामसंग बस्न प्रयोग गर्ने कुर्सीकै कारणले मानिकसो इनर्जी लेभल कम हुन्छ र तौल बढ्न थाल्छ । साथै पिठ्युँ र गर्धनमा समेत समस्या आउन सक्छ । त्यसैले कुर्सीमा बस्दा सधैं ९० डिग्रीको एंगल बनाएर बस्नुपर्छ ।

    ५- व्यायाम गर्ने
    ढाड दुख्ने समस्याको मुख्य कारण मनिसको सक्रियतामा ४० प्रतिशतले कमी आउनु हो । त्यसैले यस्ता व्यक्तिले मर्निङ वाक, जगिङ लगायत मांसपेशीको स्ट्रेचिङकालागि फाइदा पुग्ने व्यायाम गर्नु पर्दछ ।

    ६- धेरैबेर टिभी हेर्ने
    दैनिक लामो समय टीभी हेर्ने बानीले पनि ढाड दुख्ने समस्या हुन्छ । जो मानिस टीभी वा कम्प्युटर अगाडि सातामा १५ घण्टाभन्दा बढी समय बिताउँछन्, उनीहरु लोअर ब्याक पेनबाट बढी हुन्छ ।

    ७- तनाव हटाउने
    कामको चाप वा पारिवारीक झमेलाले मानिसमा तनाव वा चिन्ता हुनु स्वभाविक हो । तर मनमा भएको कुनै पनि प्रकारको रिस, तनावले ढाड दुख्ने समस्यालाई प्रेरित गर्दछ ।

  • २३ बैशाख २०७८, बिहीबार १५:२७ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images