‘मिस युनिभर्स’का लागि अमेरिका पुगिन् अंशिका
  • CIA Khabar

  • काठमाडौं । ‘मिस युनिभर्स नेपाल, २०२०’की विजेता अंशिका शर्मा ‘मिस युनिभर्स’को ६९ औँ संस्करणमा सहभागिता जनाउन अमेरिका पुगेकी छिन् ।

    यही मे १६ मा फ्लोरिडास्थित सेमिनोल हार्डरक होटेल एण्ड क्यासिनो हलिउडमा हुने प्रतियोगितामा सहभागी हुन अंशिकासँगै ‘मिस युनिभर्स नेपाल’ कार्यक्रमकी नेसनल डिरेक्टर नग्मा श्रेष्ठ पनि अमेरिका पुगेकी छिन् ।

    विश्वका ७४ देशका सुन्दरीहरुमार्फत छानिने २१ ले पहिलो बन्नको लागि ‘मिस युनिभर्स’मा प्रतिस्पर्धा गर्नेछन् । त्यसबाट क्रमशः १०, ५ हुँदै विजेता घोषणा हुनेछ ।

    विश्व प्रसिद्ध ‘मिस युनिभर्स’को फ्रेन्चाइज नेपालमा भित्र्याएकी नग्माले सन् २०१७ को ‘मिस युनिभर्स’मा नेपाललाई प्रतिनिधित्व गर्दै पहिलोपटक सहभागिता जनाएकी थिइन् ।

    अंशिका देशलाई प्रतिनिधित्व गर्न पाउँदा दंग छिन् । उनले आफुसँगै आफ्नो टिमले सक्दो तयारी गरेको जनाइन ।

    अंशिकाले प्रतियोगिताको पूर्वतयारीसँगै अद्भुत राष्ट्रिय पोशाकलाई विभिन्न सञ्चारमाध्यममार्फत सार्वजनिक गर्ने बताइन् ।

  • २३ बैशाख २०७८, बिहीबार १६:१७ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images