चट्याङबाट बच्ने १५ उपाय
  • CIA Khabar

  • हरेक बर्ष नेपालमा चट्याङले ज्यान गुमाउने वा घाइते हुनेको संख्या बढ्दो छ । प्राकृतिक विपत्तिका रुपमा आउने चट्याङका घटना वर्षायाममा बढी हुने गरेको छ ।

    के हो चट्याङ ?

    समुद्र सतहभन्दा १५ हजारदेखि २५ हजार फिटमाथि आकाशमा उत्पन्न विद्युतको प्रवाह हो चट्याङ ।

    यो जब बादलमा भएका कणहरू आवेसित भएर धन र ऋण आवेसमा परिवर्तित हुन्छन्, तब विद्युत् उत्पन्न हुन्छ । यो करेन्ट कहिलेकाहीं पृथ्वीको सतहमा उच्च भोल्टेजले ठक्कर खान्छ । यसैलाई हामी आकारमा बिजुली चम्केको वा चटयाङ परेको भन्छौं ।

    अमेरिकन कलेज अफ इमर्जेन्सी फिजिसियनको तथ्यपत्र अनुसार केही सामान्य बचाउको प्रयासले चटयाङबाट हुने दुर्घटनाबाट जोगिन सकिन्छ ।

    १- चट्याङ पर्न लाग्दा फलामे पदार्थभन्दा टाढै बस्नुपर्छ ।
    २- यस्तो बेलामा सकेसम्म विद्युत उपकरणको प्रयोग गर्नु हुदैँन ।
    ३- यो बेलामा बिजुलीको पोल छेउमा बस्नु हुदैँन ।
    ४- सकेसम्म मोबाइल वा टेलिफोनको उपयोग नगर्नु नै राम्रो हुन्छ ।
    ५-चट्याङ पर्न लाग्दा पानीमा पौडिरहेको भए समतल भूमिमा निस्कनुपर्छ ।
    ६- चट्याङ पर्न लाग्दा सुरक्षित स्थानमा आश्रय लिनु पर्दछ ।
    ७- अग्लो वस्तु रूख, झन्डा बाँध्ने पाइप वा बाँस नजिक जानु हुदैँन ।
    ८- यस्तो बेलामा खुल्ला चौर, खुल्ला संरचना र गाडीमा पनि जानु हुदैँन ।
    ९- विद्युतको सुचालक वस्तु जस्तैः कम्युटर, टेलिफोनभन्दा टाढा बस्नु पर्दछ ।
    १०- चट्याङको आवाज आइरहेको बेला तारवाला फोन उपयोग गर्नु हुँदैन ।
    ११- आकाशमा बादल तीव्रताका साथ गर्जिरहेको छ भने पक्की भवनमा आश्रय लिनुपर्छ ।
    १२- वर्षाको चट्याङ केही समय मात्र हुने भएकाले बाहिर पर्नुभयो भने पर्खनु राम्रो हुन्छ ।
    १३- कुनै व्यक्ति चट्याङले प्रभावित भएको भए तुरन्त अस्पताल लानु पर्दछ ।
    १४- चटयाङ प्रभावित व्यक्तिको शरीरमा विद्युतीय झड्का रहँदैन त्यसैले यस्ता व्यक्तिलाई छुदाँ कुनै असर पर्दैन ।
    १५-चटयाङ पर्दा खुल्ला ठाउँमा भुइँमा पल्टिनु बढी सुरक्षित हुन्छ ।

  • २३ बैशाख २०७८, बिहीबार १६:२१ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images