नवलपुरमा थप दुई संक्रमितको मृत्यु
  • CIA Khabar

  • नवलपुर । नवलपुरमा कोरोना संक्रमणबाट आज दुई जनाको मृत्यु भएको छ ।
    होम आइसोलेशनमा रहेका एक जना र अस्पतालमा उपचार गराइरहेका दुई पुरुषको आज मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय नवलपरासीपूर्वका प्रमुख केशव चापागाईँले बताए ।

    कोरोना संक्रमण पुष्टी भई होम आइसोलेशनमा रहँदै आएका कावासोती नगरपालिका ८ का ६३ वर्षीय पुरुषको आफ्नै निवासमा मृत्यु भएको हो ।

    यस्तै, गैंडाकोट नगरपालिका २ का ७३वर्षीय पुरुषको चितवनस्थित चितवन मेडिकल कलेज (सीएमसी)मा मृत्यु भएको छ । योसहित नवलपरासीपूर्वमा कोरोनाको दोस्रो लहरपछि मृत्यु हुनेको संख्या ७ पुगेको छ ।

    पछिल्लो पटकको संक्रमणबाट अहिलेसम्म जिल्लामा ५ सय ६० जना संक्रमित भएका छन् । संक्रमितमध्ये मध्यबिन्दु जिल्ला अस्पतालमा १८ जना, मध्यबिन्दु नगरपालिकाको चोरमारा हेल्थपोष्टमा २ जना र विनयी त्रिवेणीको दुम्किबास हेल्थपोष्टमा १ जना छ । अन्य सबै संक्रमित होम आइसोलेशनमा नै रहेको स्वास्थ्य प्रमुख चापागाईँले बताए ।

    मध्यबिन्दु जिल्ला अस्पतालमा हिजो स्वाव संकलन गरिएका मध्ये आज विहान आएको रिपोर्टमा ४१ जनामा संक्रमण पुष्टी भएको छ ।

  • २३ बैशाख २०७८, बिहीबार १६:२७ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images