एमाले वाग्मती प्रदेशका मुख्य सचेतकमा निरौला
  • CIA Khabar

  • काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी ९एमाले० वाग्मती प्रदेशका मुख्य सचेतकमा दीपक निरौला चयन भएका छन् । काठमाडौँ जिल्ला निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रदेशसभा सदस्यमा निर्वाचित निरौला एमालेको काठमाडौँ जिल्ला कमिटीका सचिवसमेत हुन् ।

    निरौलालाई मुख्य सचेतकमा मनोनयन गरिएको जानकारी प्रदेशसभा सचिवालयलाई आज दिइएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।

    सचिवालयका अनुसार निरौलालाई यही वैशाख १७ गते नै मुख्य सचेतकमा मनोनयन गरिएको थियो । निरौलालाई एमाले वाग्मती प्रदेशका संसदीय दलका नेता तथा प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले एमाले संसदीय दलको विधान २०७७ को दफा १३ बमोजिम मनोनयन गरेको जनाइएको छ ।

    एमालेका तत्कालीन मुख्य सचेतक केशवराज पाण्डे प्रदेशको आन्तरिक मामिला तथा कानूनमन्त्री भएपछि रिक्त पदमा निरौलालाई चयन गरिएको प्रदेशसभा सचिवालयलाई दलले बुझाएको पत्रमा उल्लेख छ । पाण्डेअघि हालका भौतिक पूर्वाधारमन्त्री रामेश्वर फुयाँल मुख्य सचेतक थिए ।

  • २३ बैशाख २०७८, बिहीबार १६:४८ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images