कृषि कर्ममा दंग जुही चावला
  • CIA Khabar

  • मुम्बई । एकताका बलिउडकी व्यस्त अभिनेत्री जुही चावला अहिले फिल्मबाट टाढा छिन् । उनी आजकल मनोरञ्जन जगतभन्दा पर रहेर कृषि कर्ममा व्यस्त छिन् ।

    दैनिक भास्करका अनुसार जुही विगत १० वर्षदेखि कृषि कर्ममा छिन् । हालैमात्र उनले आफ्नो फार्महाउसका केही तस्वीर सामाजिक सञ्जालमा शेयर गरिन् ।

    तस्वीरसँगै उनले ‘वाडा फार्ममा मेरो नयाँ कार्यालय १ पूर्ण रुपमा वातानुकुलित र अक्सिजनले भरपुर । नयाँ गोठ, स्टाफ क्वार्टर र फलको रुख लगाउने योजना बनाउदै’ लेखेकी छन् ।

    जुही अग्र्यानिक उत्पादनलाई प्राथमिकता दिइरहेकी छन् । उनी वुमन अफ इण्डिया अग्र्यानिक फेस्टिभल मुम्बईको ब्राण्ड एम्बासेडर हुन् ।

    ‘म आफ्नो फार्ममा अग्र्यानिक फसल मात्र लगाउछु । वाडा९महाराष्ट्र०स्थित फार्महाउसमा सबै उब्जनी गरेकी छु । म एक किसान हुँ’, उनी भन्छिन् ।

    जुहीका अनुसार उनका किसान पिताले २० हेक्टर जमिन वाडामा किनेका थिए । उनको पिताले खेती योग्य जमिनमा लगानी गरिरहँदा जुही फिल्ममा व्यस्त थिइन् । उनको पिताको निधन पछि मात्र जुहीले खेतीमा ध्यान दिएकी हुन् । जुहीको फार्ममा २ सय बढी बोटको आप बगैंचा छ । बगैंचामा अन्य फलको पनि खेती गरेकी छन् ।

    जुहीको जन्म नोभेम्बर १३, १९६७ मा अंबाला९हरियाणा०मा भएको थियो । जूहीले इण्डियाका प्रख्यात व्यापारी जय मेहतालाई आफ्नो श्रीमान बनाएका थिए ।

    जय जूही भन्दा सात वर्ष जेठा छन् । विवाहपछि जुहीले फिल्मबाट ब्रेक लिइन् र आफ्नो पारिवारिक जीवनमा व्यस्त भइन् ।

  • २३ बैशाख २०७८, बिहीबार १६:५९ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images