उद्योगीका दुःख : उत्पादनमा ७५ प्रतिशत कटौती, सामग्री पठाउन उस्तै समस्या
  • CIA Khabar

  • बुटवल । बुटवल औद्योगिक क्षेत्रमा रहेको एभरेष्ट एब्रोसिट एण्ड एलाईट उद्योग प्रालिमा जम्मा ९० जना मजदूर रहेकोमा सञ्चालक गणेशप्रसाद अधिकारीले अहिले २२ जनालाई उद्योगभित्रै खानेबस्ने व्यवस्थासहित काम लगाएका छन् । प्लास्टिकको डोरी उत्पादन गर्ने उक्त उद्योगमा अहिले २० प्रतिशतमात्र उत्पादन हुँदै आएको छ ।

    औद्योगिक क्षेत्रमा रहेको मेटल काष्ट प्रालिले ढलको ढक्कन, पुल, हाइड्रोपावर आदिका लागि चाहिले ठुला फलामका सामग्रीहरु उत्पादन गर्दै आएको छ । सो उद्योगले कोरोनाका कारण मजदूरको संख्या र सामग्री उत्पादनमा भारी कटौती गरेको छ । ८० जना मजदूर कार्यरत उद्योगमा अहिले २० जनाले मात्र रोजगारी पाएका छन् । ठाउँ ठाउँमा निषेधाज्ञा लागेको र अत्यावश्यक वस्तुको मात्र ओसारपसारमा अनुमति भएकाले उत्पादन कटौती गर्नु परेको उद्योगका सञ्चालक निश्चल खनालले बताए ।

  • २३ बैशाख २०७८, बिहीबार १९:१६ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images