लकडाउनमा जस्तो थुप्रिएन बैंकहरुमा पैसा
  • CIA Khabar

  • काठमाडौ । पहिलो लहरको कोरोना संक्रमणको बेला भएको लकडाउनमा आर्थिक गतिविधि ठप्प हुँदा बैकिङ सिस्टममा पैसा थुप्रिएर झण्डै २ खर्ब पुगेको थियो । तर दोस्रो लहरको कोरोना संक्रमण बढ्दै जादा भएको निषेधाज्ञामा भने बैकिङ सिस्टममा पैसा थुप्रिन पाएको छैन ।

    यद्यपि, विस्तारै तरलता भने बढ्दै गएको देखिन्छ । केही समय अघि १४ अर्ब तरलता रहेकोमा अहिले ३९ अर्ब रुपैयाँ पुगेको नेपाल राष्ट्र बैंकका प्रवक्ता देव कुमार ढकालले जनाएका छन् ।

    आज उपत्यकामा निषेधाज्ञाको आठौं दिन हो । आंशिक व्यापारिक गतिविधि खुलेकै कारण लगानी प्रवाह ठप्प हुन पाएको छैन, जसले गर्दा पैसा थुप्रिन पाएन । कर्जा माग बढ्नु भनेको आर्थिक गतिविधि बढ्नु पनि हो ।

  • २३ बैशाख २०७८, बिहीबार १९:१९ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images