कोरोना महामारीसँग सम्बन्धित रिट सर्वोच्चद्वारा फिर्ता
  • CIA Khabar

  • काठमाडौँ । सर्वोच्च अदालतले निषेधाज्ञाको कारण देखाएर कोरोना महामारीसँग सम्बन्धित रिट दर्ता गर्न अस्वीकार गरेको छ । कोरोना महामारीमा सर्वसाधारणको प्रभावकारी उपचारको व्यवस्था गर्न सरकारका नाममा परमादेश माग गर्दै पेश गरिएको रिट सर्वोच्च अदालतले बुधबार दर्ता हुन नसक्ने भन्दै फिर्ता पठाइदिएको हो ।

    सर्वोच्च अदालतको गत जेठ १४ गते बसेको पूर्ण बैठक ९फुल कोर्ट०ले वैशाख १५ देखि वैशाख मसान्तसम्म बन्दी प्रत्ष्यक्षीकरण तथा कोभिड महामारीसँग सम्बन्धित अत्यन्त जरुरी प्रकृतिका जीवन र जनस्वास्थ्यसँग सम्बन्धित रिट निवेदनहरुको दर्ता र सुनुवाई गर्ने निर्णय गरेको थियो ।
    सोही निर्णयलाई आधार मानेर सर्वोच्चले कोरोना महामारीसँग सम्बन्धित सार्वजनिक सरोकारको विवाद –पीआईएल पनि दर्ता गर्न अस्वीकार गरेको हो ।

    अधिवक्ता कीर्तिनाथ शर्मा पौडेलले अस्पताल भरिए खुला चौर, रंगशाला, ठूला होटलमा राखेर भए पनि उपचार गर्न, अक्सिजनको व्यवस्था मिलाउन, सीमा नाका व्यवस्थित गर्न, क्वारेन्टिन र आइसोलसनको व्यवस्था गरी नागरिकलाई स्वास्थ्य सेवाबाट वञ्चित नगराउन माग गर्दै रिट लिएर गएका थिए ।

  • २३ बैशाख २०७८, बिहीबार १९:३१ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images