कोरोनाको उपचारमा अब थप सहज हुन्छः मुख्यमन्त्री पोखरेल
  • CIA Khabar

  • काठमाडौँ । लुम्विनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले कोरोना संक्रमणको रोकथाम तथा नियन्त्रणको लागि सरकारले विशेष रणनीति बनाई जनताको बाँच्न पाउने अधिकारलाई सुरक्षित गर्दैै आवश्यक औषधी उपचारको व्यवस्था प्रधावकारी ढंगले गर्ने बताउनुभएको छ ।

    नेपालमा कोरोना संक्रमणदर उच्च बन्दै गएपछि मुलुकभरका अस्पतालहरुमा विरामीले उपचारको लागि बेड, अक्सिजन तथा अन्य औषधीहरु समेत नपाईरहेको अवस्थामा सरकारले बेडको व्यवस्थापन, अक्सिजन तथा अन्य उपचारमा आवश्यक पर्ने औषधीहरुको व्यवस्थापनलाई सहज बनाएको जानकारी गराउनुभयो ।

    सरकारको निरन्तर प्रयासपछि भारतबाट लिक्विड अक्सिजनको सप्लाई सुचारु हुने जानकारी गराउँदै उहाँले अक्सिजन सिलिण्डर थप प्राप्त हुने जानकारी गराउनुभयो । भारतबाट अक्सिजन लिक्विड अक्सिजनको सप्लाई तथा सिलिण्डरको व्यवस्थापन हुने भएसँग कोरोना संक्रमणका विरामीको उपचारमा थप सहज हुने बताउनुभयो ।

    उहाँले आफ्नो समाजिक सञ्जालमा भन्नुभएको छ, ‘निरन्तरको प्रयास पछि भारतवाट लिक्विड अक्सिजनको सप्लाई सुचारुहुने भएको छ । अक्सिजन सिलिण्डर थप प्राप्त हुदैछ । उपचार अव थप सहज हुनेछ ।’

  • २३ बैशाख २०७८, बिहीबार १९:३७ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images