बढी भाडा असुल्ने फेरि समातिए
  • CIA Khabar

  • काठमाडौं । कोरोना महामारीमा यात्रुसँग बढी भाडा लिने थप दुईजनालाई ट्राफिक प्रहरीले पक्राउ गरेको छ । कलंकी चोकमा रहेको टिकट काउण्टरबाट थप दुईजनालाई पक्राउ गरिएको ट्राफिक महाशाखाले जनाएको छ ।

    पक्राउ पर्नेमा खोटाङ घर भएका भीमबहादुर खड्का र रौतहट घर भएका वैजनाथ चौधरी छन् । उनीहरुले झापा र मोरङ जान चाहने यात्रुसँग २ हजार ५ सय दरले टिकट काटेको थाहा भएको छ ।

    ३५ वर्षीय खड्का र ५० वर्षीय चौधरीले चक्रपथ चल्ने बा।४ख १९२५ नम्बरको बसमा यात्रु लानेगरी टिकट काटेका थिए । सादा पोसाकमा खटिएका ट्राफिक महाशाखाका प्रहरीले यसअघि बढी भाडा असुल्ने चार जनालाई पक्राउ गरेका थिए । उनीहरुलाई आवश्यक कारवाहीका लागि स्थानीय प्रहरीको जिम्मा लगाइएको महाशाखा एसएसपी जनक भट्टराइले बताए ।

  • २३ बैशाख २०७८, बिहीबार १९:४१ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images