मध्य भोटेकोसीको आइपिओ निष्काशन स्थगित
  • CIA Khabar

  • काठमाडौं । कोरोना संक्रमण बढ्दै गएपछि मध्य भोटेकोशी जलविद्युत कम्पनीको आइपिओ निष्काशन स्थगित भएको छ । कम्पनीले आयोजना प्रभावितका लागि निष्कासन खुला गरेको आइपिओ तत्काललाई बन्द हुने जनाएको छ ।

    बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार दोस्रो लहरको कोरोना भाइरस संक्रमणका कारण सिन्धुपाल्चोक जिल्लामा ९वैशाख २३ गते० देखि वैशाख ३१ गते राति १२ बजेसम्म निषेधाज्ञा लगाइएको छ । निषेधाज्ञाको समयमा स्थानीयवासीलाई आइपिओ भर्नका लागि हिँडडुलमा समस्या हुने भएकाले तत्काललाई स्थगित गर्न लागिएको हो ।

    अब कहिलेबाट बिक्री खुला गर्ने भन्ने बारेमा अर्को सूचना सार्वजनिक गरिने पनि बिक्री प्रबन्धकले जानकारी दिएको छ ।

    मध्य भोटेकोशीले वैशाख २१ गतेबाट सिन्धुपाल्चोक जिल्लाका आयोजना प्रभावितका लागि कुल ६० लाख कित्ता आइपिओ निष्कासन गरेको हो ।

    कम्पनीले कुल ६० लाख कित्ता आइपिओमध्ये ३०५ ले हुने १८ लाख कित्ता सेयर भोटेकोशी गाउँपालिका वडा नम्बर १ र ५ (साविकको लिस्ती र मार्मिङ गाविस) र बाह्रबिसे नगरपालिका वडा नम्बर ५,६,७ र ८ (साविकको गाती, घुम्पांग र मानेश्वरा गाविस) का स्थानीयलाई छुट्टयाइएको छ ।

    यस्तै, ७०५ ले हुन आउने ४२ लाख कित्ता सेयर सिन्धुपाल्चोक जिल्लाका अन्य क्षेत्रका स्थानीयवासीको लागि छुट्याइएको छ ।

  • २३ बैशाख २०७८, बिहीबार २०:०२ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images