महामारीमा भ्याक्सिनमा कमिसनको खेलले ओलि सरकार कोरोना नियन्त्रणमा लाचार बन्यो: सांसद शाह
  • CIA Khabar

  • कपिलवस्तु । कपिलवस्तु क्षेत्र नं-३ का प्रतिनिधि सभा सांसद तथा नेपाली कांग्रेसका केन्द्रिय सदस्य अभिषेक प्रताप शाहले बिश्वब्यापि रुपमा फैलिएको कोरोना भाइरसको महामारीमा केपि शर्मा ओलिको सरकार खोप खरिद कमिसनमा ब्यस्त रहेको आरोप लगाएका छन । शाहले सारा बिश्व कोरोना महामारी सगँ लढिरहदा केपि शर्मा ओलि र केपि शर्मा ओलिले नेतृत्व गरेको नालायक सरकार कोरोना को भ्याक्सिन खरिदमा ब्यस्त रहेको बताएका छन ।

    नेता शाहले निजि सचिवालय मार्फत कमिशनका कारण कोरोना भाइरस विरुद्धको भ्याक्सिन रोकिएको घटना अपराध पुर्ण रहेको बताएका छन । उनले भनेका छन ‘संक्रमितहरूको संख्या पनि बढेको छ । मृतकको संख्या पनि बढेको छ’, कांग्रेस नेता शाहले भने, ‘यस्तो सम्वेदनशील अवस्थामा सरकार अझै पनि गम्भीर भएको छैन ।’
    ओली सरकारले कोरोना भाइरसको रोकथाम र उपचारमा उचित व्यवस्थापन गर्न नसकेको भनेर आरोप लागेका बेला कांग्रेस नेता शाहले सबै कुरा छाडेर भए पनि जनताको जीवन रक्षा गर्नुपर्ने बताएका छन् ।

    प्रधानमन्त्री ओली निकटका बिचौलियाहरूले ५० लाख डोज खोप ल्याउन तीन अर्ब ५६ करोडको खरिद सम्झौताबाट ३२ करोड ४३ लाख रुपियाँ कमिसन लिने हर्कत गरेका थिए ।खोपमा १० प्रतिशत कमिसन माग्दै हुकम डिस्ट्रिब्युसन एन्ड लजिस्टिक प्रालि पनि सक्रिय भइरहेको थियो । विजय दुगड र उनका छोरा अभिषेक दुगड तथा सुरज वैद्य र उनकी श्रीमती रीतुसिंह वैद्य सेयरहोल्डर रहेको कम्पनी कमिशनका लागि निकै चनाखो भएर सक्रिय भएको थियो ।
    प्रभावशाली उद्यमी वैद्यलाई प्रधानमन्त्रीले भिजिट नेपाल २०२० को संयोजक समेत बनाएका थिए । उनीहरूकै कारण समयमा खोप आउन नसकेपछि जनताले अनाहकमा जनताले जीवन गुमाउनु परेको छ भने उपचार नपाएर दुःख पाइरहेका छन् ।

    नेता शाहले केपि शर्मा ओलिको सरकार जनता प्रती उत्तरदायी नभएको बताउदै यो सरकारलाई लाज नभएको सरकारको संज्ञा दिएका छन ।

  • २३ बैशाख २०७८, बिहीबार २१:४५ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images