कैलालीमा एकैदिन ३६९ जनामा संक्रमण, चार जनाको मृत्यु
  • CIA Khabar

  • कैलाली । कैलालीमा बिहीबार ३६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्थायी कोरोना अस्पतालमा ६५० जनाको पीसीआर परीक्षण गर्दा ३६९ जनामा संक्रमण पुष्टि भएको हो । कैलालीको धनगढी उपमहानगरपालिकाका मात्र ७० जना पुरुष र ४७ महिलामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकृत दिलीपकुमार श्रेष्ठले जानकारी दिए ।

    उनका अनुसार संक्रमित हुनेमा कैलालीका ११३ पुरुष र ४८ महिला छन् भने अन्य जिल्लाका ५४ पुरुष ३७ महिला छन् । बिहीबारमात्र आइसोलेसनमा ५८, भेन्टीलेटरमा ३ र आईसीयुमा २० जना भर्ना भएको उनले बताए । अहिलेसम्म अक्सिजन सपोर्टमा २८, भेन्टीलेटरमा ७ जना रहेको उनको भनाइ छ ।

    कैलालीमा बिहीबार कोरोना संक्रमणबाट ४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धनगढी–६ कैलालीका ५८ वर्षीय पुरुष, बझाङ–१ का ८२ वर्षीय महिला, कैलाली जोशीपुरका ६० वर्षीय पुरुष, कैलाली धनगढी–४ का ८१ वर्षीय पुरुष रहेको सूचना अधिकारी श्रेष्ठले बताए ।

  • २३ बैशाख २०७८, बिहीबार २२:१६ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images