नागार्जुनले शुरू गर्यो एन्टिजेन टेष्ट
  • CIA Khabar

  • काठमाडौँ । नागार्जुन नगरपालिकाले बिहिवारदेखि कोरोनाका पोजेटिभ केश देखिएका व्यक्तिको सम्पर्कका रहेकाका लागि एन्टिजेन टेष्ट गर्न शुरू गरेको छ ।

    बिहिवारदेखि नगरपालिका वडा नंं। १० स्थित स्युचटार स्वास्थ्य चौकीमा एन्टिजेन टेष्ट शुरु गरेको हो । राष्ट्रिय आविष्कार केन्द्रबाट बुथ ल्याएर कोरोना परिक्षण शुरू गरिएको नगरपालिकाका प्रमुख मोहनबहादुर बस्नेतले जानकारी दिनुभयो । उहाँका अनुसार नगरबासीको स्वास्थ्यमा ध्यानमा राखी नगरपालिकाले एन्टिजेन परिक्षण शुरु गरेको हो ।

    नगरपालिका स्वास्थ्य शाखाका प्रमुख लता महतले प्रत्येक हप्ताको सोमवार र बिहिवार हप्ताको दुई दिन पोजेटिभ केश देखिएका व्यक्तिको सम्पर्कमा रहेका र लक्ष्ण देखिएका व्यक्तिलाई प्राथमिकतामा राखेर एन्टिजेन टेष्ट गरिने बताउनुभयो । कन्टयक टेसिङका ग्रुपको लिस्टमा परेका व्यक्तिकाको परिक्षण गरिनेछ । नगरपालिकाले यसअघि नै एम्बुलेन्स र शवबहानको खरिद गरी सेवा प्रवाह गर्दै आएको छ ।

  • २३ बैशाख २०७८, बिहीबार २२:२३ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images