बेल्झुण्डीलाई पहिलो प्राथमिकता दिदै दाङमा अक्सिजन उत्पादन सुरु
  • CIA Khabar

  • दाङ । कोरोनाका बिरामीलाई अक्सिजन अभाब हुन नदिन दाङमा अक्सिजन उत्पादन थालिएको छ । जिल्लामा अक्सिजनको हाहाकार हुदा बन्द अबस्थामा रहेको अक्सिजन प्लान्ट सूचारु गरिएको हो ।

    जिल्ला प्रशासन कार्यालय दाङ,स्थानिय निकाय,प्रहरीको समन्वयमा ग्यास प्लान्ट सुरु गरिएको हो । ६ बर्ष पहिले स्थापना गरिएको ग्यास प्लान्ट विद्युत अभावका कारण पटक रहेको थियो । यसपटक भने राष्ट्रिय प्रशारण लाईनबाट बिद्युत जडान गरी उद्योग सुरु गरिएको छ । घोराहीमा रहेको उक्त उद्योगबाट दैनिक १५० सिलिण्डर अक्सिजन उत्पादन हुदै आएको प्लान्ट संचालक टोपाराम पौडेलले जानकारी दिनुभयो । सामान्य अबस्थामा जिल्लाभर दुईसय सिलिण्डर ग्यास आबश्यक पर्दछ ।

    तर कोरोनाका बिरामी थपिदै जाँदा दैनिक चार देखि पाँचसय सिलिण्डर खपत हुदै आएको छ । चार करोडको लागतमा सुरु भएको उद्योगबाट दैनिक दुईसय सिलिण्डर अक्सिजन उत्पादन गर्ने क्षमता छ । तर विद्युत अभाब हुदा क्षमता अनुसार उत्पादन छैन ।उद्योगले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही र लुम्बिनी प्रदेशको कोरोना बिशेष अस्पताल बेल्झुण्डीलाई पहिलो प्राथमिकता दिदै ग्यास उपलब्ध गराएको छ । जिल्लामै अक्सिजन उद्योग संचालन हुदा कोरोना संक्रमित बिरामीको उपचारमा सहयोग पुगेको स्थानिय बताउँछन् । अक्सिजनको उत्पादन भन्दा माग ज्यादा हुदा नेपालगंञ्ज, बुटवल, भैरहवा चितवनबाट ग्यास आउँने गरेको छ ।यो संगै जिल्लामा उत्पादित ग्यासले थौरे भएपनि राहत दिएको छ ।

  • २३ बैशाख २०७८, बिहीबार २२:३० प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images