रेम्डिसिभिर कालोबजारी गरेको अभियोगमा मिया पक्राउ
  • CIA Khabar

  • काठमाडौँ । रेम्डिसिभिर औषधि कालोबजारी गरेका अभियोगमा काठमाडौँ टोखा बस्ने गोरखा आरुघाट गाउँपालिका–४ का २५ वर्षीय रफिक मियालाई आज प्रहरीले पक्राउ गरेको छ ।

    कोभिड–१९ बाट सङ्क्रमितलाई आवश्यक पर्ने रेम्डिसिभिर इन्जेक्सन कालोबजारी भइरहेको भन्ने सूचनाका आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । करीब रु ३० हजार पर्ने छ थान रेम्डिसिभिर रु एक लाख २० हजारमा किनबेच गर्न लागेका अवस्थामा उनलाई काठमाडौँको वसुन्धराबाट पक्राउ गरिएको जनाइएको छ ।

    मियाले काठमाडौँ महाराजगञ्जस्थित नीलकण्ठ लम्सालका नाममा दर्ता रहेको सेवक फर्माका दीपक ढकालसँगको मिलेमतोमा रेम्डिसिभिर ल्याएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । अहिले प्रहरीले उक्त फर्मा बन्द गरी फरार ढकालको खोजी गरिएको रहेको महाशाखाले जनाएको छ ।

  • २३ बैशाख २०७८, बिहीबार २३:२४ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images