नेपालको आग्रहमा भारतले खोल्यो लिक्विड अक्सिजनको आपूर्ति, अक्सिजन प्लान्टमा चौबिसै घण्टा बिजुली
  • CIA Khabar

  • काठमाडौं । भारतले नेपालको आग्रहपछि ‘लिक्वीड अक्सिजन’को आपूर्ति नेपालतर्फ खुलाएको छ । अप्रिल अन्तिम साताबाट भारतले अक्सिजन देशबाहिर लैजान बन्देज लगाएको थियो । पछिल्लो समय नेपालमा लिक्विड अक्सिजन अभाव भएपछि दुई देशका उच्च तहमा छलफल भइरहेको थियो । दुवै देशका राजदूतको समेत पहल र दुई पक्षीय अनौपचारिक संवादपछि भारतले नेपाललाई मात्र खुलाएको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।

    मानवीय संकट उत्पन्न हुने भएपछि भारतसँग गम्भीरतापूर्वक छलफल भएको स्रोतले जनाएको छ । भारतको गृहमन्त्रालयले उत्तर प्रदेश र विहार सरकारलाई नेपालतर्फ लैजाने लिक्विड अक्सिजन आपूर्तिमा सहजीकरण गर्न भनिसकेको बताइएको छ ।

    अब नेपालमा अक्सिजनको अभाव नहुने सरकारी स्रोतले जनाएको छ । प्रधानमन्त्रीले आफ्नो सम्बोधनमा व्यक्त गरे बमोजिम नेपालको आग्रहमा भारतले अक्सिजन सहज गरेको छ ।

    यसैबीच नेपाल विद्युत प्राधिकरणले अक्सिजन प्लान्टमा चौबिसै घण्टा बत्ति नजाने गरि व्यवस्था गरेको जनाएको छ ।

  • २३ बैशाख २०७८, बिहीबार २३:३० प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images