नेता नेपालको दौडधुप: सभापति देउवाको प्रस्तावले माधवलाई झनै अप्ठ्यारो
  • CIA Khabar

  • फाइल फाेटाे

    काठमाडौँ । प्रधानमन्त्रीले विश्वासको मत लिने भएपछि एमाले वरिष्ठ नेता माधवकुमार नेपाल दौडधुपमा लागेका छन् । नेता नेपालले बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारी र कांग्रेस सभापति शेरबहादुर देउवासँग भेट गरेका छन् । कांग्रेस सभापति देउवासँग एक घण्टा वार्तालापपछि नेपाल राष्ट्रपति भण्डारीसँग भेट गर्न शीतल निवास पुगेका हुन् ।

    नेपाल विश्वासको मत लिनुअघि नै प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने पक्षमा रहेको जनाइएको छ । यसमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र जनता समाजवादी पार्टी ९जसपा०का नेता उपेन्द्र यादव सहमत देखिएका छन् । देउवाले भने पहिला नेपाल पक्षका सांसदले राजीनामा दिनुपर्ने अडान लिएको जनाइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार देउवालाई भेटेर ‘अर्ली इलेक्सन’मा मिलेर जान प्रस्ताव गरेका थिए ।

    नेपालले बुधबार माओवादी केन्द्रका अध्यक्ष दाहाल, जसपा नेता यादवसँग छलफल चलाएका थिए । नेपालले राष्ट्रियसभामा रिक्त पदमा आफूनिकट डा। खिमलाल देवकोटालाई उम्मेदवार बनाउने सहमति गराए। माओवादी छाडेका गृहमन्त्री रामबहादुर थापाको रिक्त पदमा डा। देवकोटालाई उठाउने भएपछि एमालेबाट उम्मेदवार निश्चित हुन सकेको छैन । थापालाई उम्मेदवार बनाउने तयारी गरेको एमालेलाई विपक्षीले देवकोटा अघि सारेपछि दबाब बढेको छ ।

    एमालेको बिहीबार बसेको स्थायी समितिको बैठकले जित्ने निश्चित भएपछि मात्रै उम्मेदवार तय गर्ने निर्णय गरेको छ । बैठकपछि एमाले प्रवक्ता प्रदीप ज्ञवालीले आफ्नो जित निश्चित भएपछि मात्रै उम्मेदवारी घोषणा गर्ने निर्णय भएको बताए । ‘राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा जित सुनिश्चितताका लागि नेताहरूले विभिन्न सुझाव दिनुभएको छ’, प्रवक्ता ज्ञवालीले भने, ‘मतदातासँग कुराकानीपछि उम्मेदवार घोषणा गर्ने निर्णय भएको छ ।’ प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओलीले यसअघि थापालाई नै उम्मेदवार बनाउने बताएका थिए ।

    बिहीबारको बैठकमा नेपाल पक्षको कारबाही फिर्ता गर्नुपर्ने विषयमा ओलीलाई अन्य नेताले दबाब दिएका छन् । कारबाही फिर्ता गर्दा पनि विपक्षीको साथमा गए मात्रै थप कारबाही गर्नुपर्ने उनीहरूको मत छ । वरिष्ठ नेता नेपालसहित चार जनालाई गरिएको कारबाही फिर्ता लिनेबारे छलफल भएको जनाइएको छ । नेपालसहित भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई ६ महिनाका लागि निलम्बन गरिएको छ । अन्य ३० प्रतिनिधिसभा सदस्यलाई पनि स्पष्टीकरण सोधिएको छ ।

    एमाले दोस्रो तहका नेताबीच बिहीबारै छलफल भएको छ । अर्थमन्त्री विष्णु पौडेल, सुरेन्द्र पाण्डे र गोकर्ण विष्टबीच पार्टीलाई एकजुट बनाउने र विश्वासको मतका विषयमा छलफल भएको हो । यो समाचार आजको अन्नपूर्ण दैनिकमा छ ।

  • २४ बैशाख २०७८, शुक्रबार ०९:३३ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images