नेपालमा एकै दिन २ सय ५० बढी कोरोना संक्रमित, ४ जनाको मृत्यु
  • CIA Khabar

  • पछिल्लो २४ घण्टामा नेपालमा नयाँ कोरोना संक्रमितको संख्यामा बढ्दै गएको छ । यसअघि हरेक दिन २ सयभन्दा संक्रमित फेला परिरहेको बेला सोमबार एकै दिन २६६ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको हो । यसमध्ये सबैभन्दा बढी काठमाडौँमा ९८, चितवनमा ३७, लतिलपुरमा २६ र भक्तपुरमा १३ जना रहेका छन् ।

    पछिल्लो २४ घण्टामा ४ हजार ५३६ जनाको पीसीआर परीक्षण गरिएको थियो । योसँगै नेपालमा कूल संक्रमितको संख्या २ लाख ७८ हजार २१० पुगेको छ । यही अवधिमा १०२ जना निको भएर डिस्चार्ज भएका छन् । नेपालमा निको हुने दर ९८।३ प्रतिशत रहेको छ । हालसम्म नेपालमा २ लाख ७३ हजार ३ सय ४२ जना निको भएका छन् । हाल नेपालमा १६७२ जना आइसोलेसनमा र ५७ जना क्वारेन्टिनमा रहेका छन् ।

    पछिल्लो २४ घण्टामा थप ४ जनाको मृत्यु भएको छ । नेपालमा हालसम्म कोभिड–१९ बाट मृत्यु हुनेको संख्या ३०३६ पुगेको छ । नेपालमा हालसम्म १७ लाख ९१ हजार ६०६ जना कोभिड–१९ विरुद्धको खोप लगाएका छन् ।

  • २३ चैत्र २०७७, सोमबार १७:१० प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images