एमालेको अन्तिम प्रधानमन्त्री केपी ओली नै हो : सांसद कँडेल
  • CIA Khabar

  • काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सांसद देवेन्द्रराज कँडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट विश्वासको मत लिनुपर्ने धारणा राखेका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकको विशेष समयमाबोल्दै सांसद कँडेलले संविधानको धारा ७६ (१) अनुसार बनेको सरकारले पार्टी विभाजनपछि संविधान अनुसार नै ३० दिनभित्र विश्वासको मत लिनुपर्ने तर्क गरेका हुन् ।

    संविधानको धारा १ सयको २ मा पार्टी विभाजन भएको वा सरकारमा संलग्न भएको दलले विश्वासको मत फिर्ता लिएको अवस्थामा ३० दिन भित्र प्रधानमन्त्रीले संसदबाट विश्वासको मत लिनुपर्ने व्यवस्था गरेको उल्लेख गर्दै ‘समर्थन फिर्ता लिनु’ भन्न नमिल्ने दाबी गरे ।

    उनले भने, ‘संविधानको धारा १ सय को उपधारा २ मा प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजन भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रतिनिधिसभा समक्ष प्रस्ताव राख्नुपर्छ । आजै ३० दिन हुँदैछ । म प्रश्न गर्न चाहन्छु । दल विभाजित भयो । एमालेले हिजो समर्थन लिएको होइन । विश्वासको मत लिएको होइन । यो अवस्थामा हामी एमालेलाई चिन्दैनौ । त्यसकारण विश्वासको मत लिने कि नलिने रु उहाँ पन्छिन पाउनुहुन्न । विश्वासको मत फिर्ता लिए हुन्छ भनेर भन्न पाइन्न ।

    प्रधानमन्त्री ओलीले कुर्सी मोहका कारण आफु सँगैका सहकर्मीलाई पाखा लगाएको र पार्टी एकीकरणलाई असफल पारेको दाबी उनले गरे । २०७४ सालको प्रदेश र संघको निर्वाचनका क्रममा तात्कालिन एमाले अध्यक्ष केपी शर्मा ओलीले गोर्खाको पालुङटारमा सम्बोधन गर्ने क्रममा आफ्ना सभापतिलाई कांग्रेसको तर्फबाट अन्तिम प्रधानमन्त्री भनेको प्रसंग उल्लेख गर्दै उनले प्रधानमन्त्रीका पछिल्ला अभिव्यक्तिहरूबाट एमालेको अन्तिम प्रधानमन्त्री पनि केपी ओली नै हुने जिकिर गरे ।

    उनले भने, “२०७४ सालको प्रदेश र संघको निर्वाचनका क्रममा तात्कालिन एमाले अध्यक्ष केपी शर्मा ओलीले गोर्खाको पालुङटारमा आमसभालाई सम्बोधन गर्न जानुभयो । उहाँले व्यक्त गरेका अभिव्यक्तिहरु उहाँकै शब्दमा म भन्न चाहन्छु– नेपालको इतिहासमा नेपाली कांग्रेसको अन्तिम प्रधानमन्त्री शेरबहादुर देउवा हो । मिति तोकिदिन पर्छ भने तोकिदिन्छु ।

    २०७४ साल पुस महिनासम्म नेपाली कांग्रेसको प्रधानमन्त्री रहन्छ । र नेपाली कांग्रेसको यस देशमा प्रधानमन्त्री शेरबहादुर देउवा अन्तिम हुन्छन् । नेपाली कांग्रेसका कार्यकर्ता साथीहरूप्रति समवेदना व्यक्त गर्न चाहन्छु भनेर उहाँको अभिव्यक्ति थियो । ।जसरी उहाँले गोर्खामा भन्नुभयो, त्यहि शब्दमा भन्ने हो भने यदि स्थिति यही रह्यो भने सायद एमालेको अन्तिम प्रधानमन्त्री केपी ओली नै रहनेछन् । त्यसपछि अघि बढ्न सक्तैन । प्रधानमन्त्री ओली समूहका सांसद गोकुल बाँस्कोटा बोले लगत्तै बोलेका सांसद कँडेलले बास्कोटालाई व्यंग्य गर्दै भने, ‘जस्ता गुरु त्यस्ता चेला म त्यतातिर जान चाहन्न ।

  • २३ चैत्र २०७७, सोमबार १८:२२ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images