काठमाडौँ । संघीय संसद सचिवालयमा कार्यरत कानुन उपसचिव कृष्ण खनालको कोरोना संक्रमणबाट निधन भएको छ ।
कानुन मन्त्रालयबाट संसद सचिवालयमा सरुवा भएर आउनुभएका उपसचिव खनालले २२ गते कोरोना परीक्षणका लागि स्वाव दिनुभएको थियो । उपसचिव खनालको पत्थरीको उपचारका लागि हालै शल्यक्रिया गरिएको, मुटु सम्बन्धी स्वास्थ्य समस्या रहेको संसद सचिवालयले जनाएको छ । सोही समस्याका कारण उनी अस्पताल भर्ना हुनुभएको थियो ।