कोरोना संक्रमणबाट संसद सचिवालयमा कार्यरत उपसचिवको निधन
  • CIA Khabar

  • काठमाडौँ । संघीय संसद सचिवालयमा कार्यरत कानुन उपसचिव कृष्ण खनालको कोरोना संक्रमणबाट निधन भएको छ ।

    कानुन मन्त्रालयबाट संसद सचिवालयमा सरुवा भएर आउनुभएका उपसचिव खनालले २२ गते कोरोना परीक्षणका लागि स्वाव दिनुभएको थियो । उपसचिव खनालको पत्थरीको उपचारका लागि हालै शल्यक्रिया गरिएको, मुटु सम्बन्धी स्वास्थ्य समस्या रहेको संसद सचिवालयले जनाएको छ । सोही समस्याका कारण उनी अस्पताल भर्ना हुनुभएको थियो ।

  • २४ बैशाख २०७८, शुक्रबार १६:३९ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images