विवाह उत्सव र पूजामा आगो किन बालिन्छ ?
  • CIA Khabar

  • काठमाडौं–  हिन्दु धर्ममा आगोलाई पवित्र मानिन्छ । आफैमा अग्नि देवताको समेत पूजाआजा गर्ने गराउने पनि गरिन्छ । हिन्दु धर्ममा यज्ञ, हवन र विवाहमा पनि अग्निद्वारा देवताको पूजा गरिन्छ । अग्नि वैदिक कालदेखि नै सर्वोच्च देवताहरूमध्ये एक हो । पौराणिक युगमा अग्नि पुराण नामक ग्रन्थको पनि रचना भएको थियो ।

    हवनमा आगो बाल्ने विश्वास पनि छ, हवन गर्दा कुनै देवता वा देवीको नाममा मिठाई चढाएमा भगवान् वा देवीले त्यसलाई ग्रहण गर्नुहुन्छ र आगोद्वारा र त्यो व्यक्तिलाई आफ्नो आशीर्वाद पनि दिनुहुन्छ भन्ने मान्यता रहेको छ ।

    धेरै जस्तो उत्सवहरूमा होम गर्ने, सुकुन्दा बाल्ने, इता बाल्ने नेपाली समाजमा चलन रहेको पाइन्छ । साथै इन्डियनहरूले पनि विबाह र पूजा हवनमा आगो बाल्ने गरेको हामी धेरैले देख्दै आएको नै छौँ । आगोले उत्सव वरपर रहेका नकारात्मक ऊर्जाहरूलाई नष्ट गर्ने र सकारात्मक ऊर्जाहरू थप्ने कार्य गर्दछ ।

    यसरी आगो बाल्दा विभिन्न खाले पदार्थहरू काठ, घ्यु, तेल, अन्न, जडीबुटीहरू प्रयोग गर्ने गरिन्छ । यसरी बालिएको आगोबाट उत्पन्न हुने धुवाँले हावामा रहेको कीटाणुहरूलाई नष्ट गर्दै बायु प्रदूषण कम गर्ने गर्दछ र सामाजिक अवसरहरूमा सहभागी हुने मानिसहरू, दुलाहा दुलहीलाई स्वस्थ रहन सहयोग गर्दछ ।

  • २९ बैशाख २०८१, शनिबार १५:१८ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images