तोकेभन्दा बढी शुल्क लिएर कोरोना परीक्षण गर्ने दुई अस्पताल कारबाहीमा
  • CIA Khabar

  • कोरोना परीक्षणमा सरकारले निर्धारण गरेभन्दा धेरै शुल्क असुलेका दुई अस्पताल कारबाहीमा परेका छन् ।

    जिल्ला प्रशासन कार्यालय चितवनले पुरानो मेडिकल कलेज भरतपुर र स्टार अस्पताल सानेपालाई कोरोना परीक्षणका क्रममा पीसीआर शुल्क धेरै असुलेको भन्दै मुद्दा दायर गर्दै कारबाही गरेको हो ।

    शिक्षण अस्पताललाई १८ लाख र स्टार अस्पताललाई पाँच लाख रुपैयाँ धरौटी मागसहित मुद्दा दायर गरिएको चितवनका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले बताउनुभयो ।

    शिक्षण अस्पतालका प्रमुख कार्यकारी निर्देशक डा. सुप्रभात श्रेष्ठ र स्टार अस्पतालका अध्यक्ष किशोरकुमार महर्जन धरौटी जम्मा गरी तारेखमा रिहा भएका छन् । शिक्षण अस्पतालले संकलन गरिएको नमुना स्टार अस्पताल पठाउने गरेको थियो ।

    सरकारले पीसीआर शुल्क दुई हजार रुपैयाँ तोकेकामा अस्पतालले तीन हजार रुपैयाँ शुल्क लिएपछि प्रशासनले कारबाही गरेको हो । यसअघि बढी रकम लिएको भन्दै वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल र चितवन मेडिकल कलेज पनि कारबाहीमा परेका थिए ।

  • ६ चैत्र २०७७, शुक्रबार ०४:५३ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images