चार मन्त्रीको सांसद पद आजबाट औपचारिक रुपमा गुम्ने
  • CIA Khabar

  • काठमाडौं । केपी शर्मा ओली नेतृत्वको सरकारमा रहेका माओवादी केन्द्रका चार जनाको सांसदको पद आजबाट औपचारिक रुपमा गुम्ने निश्चित भएको छ ।आज बस्ने प्रतिनिधि सभाको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले चार मन्त्री सांसद नभएको सूचना सुनाउने तयारी गरेका छन् ।

    प्रतिनिधि सभा बैठकअघि बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा माओवादी केन्द्रले मन्त्रीहरु लेखराज भट्ट, प्रभु साह, टोपबहादुर रायमाझी र गंगाधर चौधरीलाई पार्टीबाट हटाएको जानकारी गराएको छ ।

    यसअघि ऊर्जामन्त्री रायमाझी, उद्योगमन्त्री भट्ट, श्रममन्त्री चौधरी र सहरी विकास मन्त्री साहलाई सांसद पदबाट हटाउन संसद सचिवालयलाई पत्र पठाएको थियो । उनीहरु २०७४ सालको चुनावमा माओवादी केन्द्रबाट निर्वाचित भएका थिए । पछिल्लो पटक उनीहरु नेकपा एमालेमा प्रवेश गरेका थिए ।

  • २६ चैत्र २०७७, बिहीबार १३:५२ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images