गाडाकोट स्वास्थ्य चौकीमा सुरु भयो प्रयोगशाला सेवा
  • CIA Khabar

  • रामपुर नगरपालिका कार्यालय केन्द्र देखि टाढा पर्ने गाँडाकोट स्वास्थ्य चौकीमा प्रयोगशाला सेवा शुरु भएको छ ।
    रामपुर नगरपालिका १ पन्थेमा रहेको गाडाकोट स्वास्थ्य चौकीमा त्यस भेगका नागरिकको सेवालाई मध्यनजर गर्दै प्रयोगशाला शुरु गरेको रामपुर नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ ।

    नगर प्रमुख रमण बहादुर थापाले ल्याब संचालन भएपछी सामान्य परिक्षणकै लागि बाहिर जानुपर्ने अबस्थाको अन्त्य हुँदै गाउमै प्रयोगशाला सेवा पाउने बताउनुभयो । सेवा बाट मन र विश्वास जित्न आग्रह गर्दै आम्दानिको स्रोत र थप सेवाको लागि एम्बुलेन्सको पहल गर्ने बताउनुभयो ।रामपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिलाले मानव स्वास्थ्य आफैमा संवेदनशिल भएकोले यसमा इजाजत प्राप्त स्वास्थ्यकर्मीलाई चनाखो भएर सेवा दिन आग्रह गर्नुभयो ।

    सशर्त सहित आन्तरिक स्रोतबाट केही व्यबस्थाका लागि आगामी नगर सभामा प्रबन्ध मिलाउने उहाँले बताउनुभयो। शून्य होम डेलिभरीमा राम्रो काम भएकोमा अब यो इन्डिकेटरलाई टेकेर स्वास्थ्यको क्षेत्रमा एउटा राम्रो उपलब्धी लिगेर शून्य होम डेलिभरी नगर बनाउन सबै लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो । गाडाकोट स्वास्थ्य चौकीबाट हाल रामपुर नगरपालिका वडा नं. १, २, ३ सहित निस्दी गाउँपालिका १ र २ नम्बर वडाका नागरिकले स्वास्थ्य सेवा लिदै आएका छन् ।

    गाँडाकोट स्वास्थ्य चौकीका प्रमुख मजिबुर रहमान शेखले स्वास्थ्य चौकीको वर्तमान अवस्था र सञ्चालनमा रहेको सेवाहरुको बारेमा जानकारी दिदै आफ्नै प्रयोगशाला सेवा, भौतिक र जनशक्ति व्यबस्थापनबारे जानकारी दिनुभएको थियो । उहाँले सुलभ दरमा ल्याव सेवा प्रदान गरिने र वृद्धलाई केही सहुलियत दिने गरि अघि बढ्ने बताउनुभयो । ल्याव असिस्टेन मनमाया सारुले प्रयोगशालाबाट ब्लड जाच, ब्लड ग्रुप पहिचान, हेमोग्लोबिनको मात्रा, एचआइभी परिक्षण, भिर्गी, टाइफाइड, सुगर , पिसाब, युरिकएसिड लगायतको सेवा दिइने जानकारी दिनुभयो ।

    कार्यक्रममा रामपुर नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष दिनेश कुमार खनालले जनप्रतिनिधिको सथ रहने बताउनुभयो । वडा नम्बर २ का अध्यक्ष तारा बहादुर थापाले स्थानियको सहयोगकै कारण यहाँ सम्म आएको स्मरण गर्दै स्थानीयको साथ प्रमुख रहने बताउनुभयो ।
    नेपाली काङ्ग्रेसका नगर सभापति नेत्र प्रसाद भट्टराईले बिकासको लागि हातेमालो हुने बताउनुभयो । नेकपा रामपुरका अध्यक्ष कमलराज भट्टराईले निरन्तर संचालन र उच्च तहको जनशक्ति आबश्यक रहेको बताउनुभयो ।

    सोही अबसरमा विद्यालयको टहरोमा चलेको स्वास्थ्य चौकीलाई जग्गा खरिद गरि सुबिधा सम्पन्न भवनबाट सेवा दिदै गर्दा महत्वपूर्ण योगदान गर्नुहुने स्वास्थ्य चौकी संचालन समिति पुर्व सदस्य लिला बहादुर थापालाई सम्मान गरिएको थियो । स्वास्थ्य चौकीले रामपुर नगरपालिका प्रमुख थापा र प्रमुख प्रशासकिय अधिकृत हरिराम नागिलालाई खादा मायाको चिनो सहितले सम्मान गरेको थियो।
           

    गाँडाकोट स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष एवं रामपुर १ का वडा अध्यक्ष मित्रलाल कंडेलले अस्पतालको विकासमा सहयोग गर्नेलाई धन्यवाद दिदै अझ पनि विकास आबश्यक रहेको बताउनुभयो । रामपुर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख गिरिराज घिमिरेले नगरमा सञ्चालन भएका गतिबिधी र गाडाकोट स्वास्थ्य चौकीको भुमिकाको बारेमा बोल्नुभएको थियो ।

    चौकी व्यवस्थापन समितिका अध्यक्ष एवं रामपुर वडा न. १ का वडा अध्यक्ष मित्रलाल कंडेलको अध्यक्षतामा भएको कार्यक्रममा नगर  स्वास्थ्य शाखा प्रमुख गिरिराज घिमिरेको स्वागत र गाँडाकोट स्वास्थ्य चौकीका प्रमुख मजिबुर रहमान शेखको सञ्चालनमा भएको हो ।

    हाल गाडाकोट स्वास्थ्य चौकीमा प्रयोगशाला सुरुवात संगै नगरमा गेझा र गाडाकोट स्वास्थ्य चौकीमा प्रयोगशाला भएको छ । गाडाकोट स्वास्थ्य चौकीबाट ५ दरबन्दी सहित ८ जना स्वास्थ्यकर्मीले सेवा दिदै आएका छन् । बार्षिक ६ हजार धेरै नागरिकले गाडाकोट स्वास्थ्यचौकीबाट सेवा लिदै आएका छन् । गाडाकोटका २ स्थानमा गाउघर क्लिनिक पनि सन्चालित छ ।

  • २८ चैत्र २०७७, शनिबार २३:४८ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images