दिल्लीमा नयाँ प्रतिबन्ध : जन्ती ५०, मलामी २० जना मात्रै
  • CIA Khabar

  • कोरोना संक्रमणको दोस्रो लहर फैलिंदै गएपछि भारतको दिल्ली सरकारले कडा प्रतिबन्धात्मक नियमहरु लागू गरेको छ ।
    दिल्ली प्रशासनले सबै प्रकारका सामाजिक, राजनीतिक, मनोरञ्जन र खेलसँग सम्बन्धित सार्वजनिक गतिविधिमा रोक लगाउने निर्णय गरेको छ ।बिहेमा ५० भन्दा बढी र अन्तिम संस्कारमा २० जनाभन्दा बढीलाई सहभागी हुन रोक लगाइएको छ ।

    सबै कलेज र कोचिङ सेन्टरहरु बन्द गरिएको छ ।राष्ट्रिय र अन्तर्राष्ट्रिय टुर्नामेन्टमा भाग लिने खेलाडीहरुबाहेक अन्य कसैलाई पनि सार्वजनिक स्वीमिङ पुल प्रयोग गर्न अनुमति नदिने निर्णय पनि दिल्ली सरकारले गरेको प्रेस ट्रष्ट अफ इन्डियाले जनाएको छ ।

    रेष्टुरेन्ट, सार्वजनिक बस, मेट्रो रेल र सिनेमा हलहरुमा सिट क्षमताको ५० प्रतिशत मात्र राख्न पाइने नियम लागू गरिएको छ । महाराष्ट्रबाट हवाईजहाज चढेर दिल्ली आउनेहरुलाई पीसीआर परीक्षण रिपोर्ट अनिवार्यसमेत गरिएको छ । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले तत्काल लकडाउन नहुने बताएका छन् । भारतमा हालसम्म एक करोड ३३ लाखभन्दा बढी व्यक्ति कोरोनाभाइरसबाट संक्रमित भइसकेका छन् ।

  • २९ चैत्र २०७७, आईतवार ०९:५३ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images