कांग्रेसले महाधिवेशनको कार्यतालिका हेरफेर गर्ने
  • CIA Khabar

  • काठमाडौँ ः पार्टीको १४ औं महाधिवेशनको आन्तिरिक कार्यतालिका परिवर्तनबारे छलफल गर्न नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । पार्टी केन्द्रीय यकार्यालय सानेपामा दिउँसो दुई बजे बस्‍ने बैठकमा पार्टीको क्रियाशील सदस्यताको विवरण केन्द्रमा बुझाउने समयावधि थप्‍न‍ प्रस्ताव पेस गर्ने तयारी छ ।

    यसअघि जिल्ला कार्यसमितिले नयाँ क्रियाशील सदस्यता र नवीकरण सूचीको विवरण केन्द्रमा पठाउने अवधि पटक–पटक थप्दै आएको कांग्रेसमा पुनः थप्‍ने तयारी भएको हो । यसअघि बनाइएको कार्यतालिकाअनुसार जिल्लाले नयाँ क्रियाशील सदस्यता र नवीकरणको सूची केन्द्रमा पठाउने अवधि यही चैत ३० गते(आज) सम्म तोकिएको छ । त्यो समयमा काम पूरा हुने सम्भावना नरहेपछि थप्‍न लागिएको हो ।

    केन्द्रीय सदस्य एनपी साउदले केन्द्रीय कार्यसमिति बैठकमा पार्टीको १४ औं महाधिवेशनको आन्तरिक कार्यतालिका परिवर्तनबारे छलफल हुने बताए । ‘मुख्यतया आजको केन्द्रीय कार्यसमिति बैठक पार्टी महाधिवेशनबारे केन्द्रित हुन्छ । समसामयिक राजनीतिका विषयमा पनि कुराकानी हुन्छन् । महाधिवेशनको आन्तरिक कार्यतालिका परिवर्तनको प्रस्ताव ल्याउने र छलफल गरेर पारित गर्ने एजेण्डा छ,’ सदस्य साउदले  भने ।

    पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीको आइतबार बसेको अनौपचारिक बैठकमा पनि क्रियाशील सदस्यता विवरण बुझाउने म्याद थप्‍ने विषयमा छलफल भएको थियो ।

    काग्रेसको १३ औँ महाधिवेशनमा चार लाख ९० हजार क्रियाशील सदस्य थिए । अहिले त्यो संख्या दोब्बर पु¥याउने गरी थप्‍ने लक्ष्य कांग्रेसको छ । आइतबार साँझसम्म साढे पाँच लाख क्रियाशील सदस्यता मात्र पार्टीको वेभसाइटमा अपलोड भएको कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ ।

    त्यो बाहेक आजको बैठकमा अन्य पार्टीबाट कांग्रेस प्रवेस गरेकाहरूलाई संगठनमा समायोजन गर्ने विषयमा देखिएको विवाद समाधान र समयम बढाउने विषयमा प्रस्ताव पेस हुनेछ । कांग्रेसले गठन गरेको अन्य पार्टीबाट कांग्रेस प्रवेस गरेकाहरूको समायोजन समितिका संयोजक पार्टी उपसभापति विमलेन्द्र निधिले प्रस्ताव पेस गर्ने सहमति आइतबारको पदाधिकारीको अनौपचारिक बैठकमा बनेको छ ।

     

  • ३० चैत्र २०७७, सोमबार ०८:५३ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images