काठमाडौं–लायन्स क्लब अफ काठमाडौ माउन्ट धौलागिरी नवौं कन्भेन्सनबाट लायन बर्ष २०२१÷२२ का लागि नयाँ नेतृत्व चयन भएको छ । मित्र प्रसाद शर्माको अध्यक्षतामा नयाँ समिति बनेको हो । समितिको प्रथम उपाध्यक्षमा सागर ढकाल, द्वितीय उपाध्यक्षमा रामचन्द्र पौडेल, तृतीय उपाध्यक्षमा गङ्गादेबी शर्मा, सचिव दिवाकर पौडेल र कोषाध्यक्षमा दिपक गौतम निर्बिरोध चयन भएका छन् ।
त्यसैगरी, लियो क्लब अफ काठमाडौं माउन्ट धौलागिरीले आमोद पौडेलको अध्यक्षतामा नयाँ समिति चयन गरेको लायन्स क्लब अफ काठमाडौं माउन्ट धौलागिरीका पूर्व अध्यक्ष गोविन्द प्रसाद शर्मा पौडेलले जानकारी दिए ।