लायन्स क्लब अफ माउन्ट धौलागिरीमा नयाँ नेतृत्व
  • CIA Khabar

  • काठमाडौं–लायन्स क्लब अफ काठमाडौ माउन्ट धौलागिरी नवौं कन्भेन्सनबाट लायन बर्ष २०२१÷२२ का लागि नयाँ नेतृत्व चयन भएको छ । मित्र प्रसाद शर्माको अध्यक्षतामा नयाँ समिति बनेको हो । समितिको प्रथम उपाध्यक्षमा सागर ढकाल, द्वितीय उपाध्यक्षमा रामचन्द्र पौडेल, तृतीय उपाध्यक्षमा गङ्गादेबी शर्मा, सचिव दिवाकर पौडेल र कोषाध्यक्षमा दिपक गौतम निर्बिरोध चयन भएका छन् ।

    त्यसैगरी, लियो क्लब अफ काठमाडौं माउन्ट धौलागिरीले आमोद पौडेलको अध्यक्षतामा नयाँ समिति चयन गरेको लायन्स क्लब अफ काठमाडौं माउन्ट धौलागिरीका पूर्व अध्यक्ष गोविन्द प्रसाद शर्मा पौडेलले जानकारी दिए ।

  • ३० चैत्र २०७७, सोमबार ११:३७ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images