सडकमा पानीको लिकेज बढेपछि सडक विभागले गुहार्‍यो केयूकेएल
  • CIA Khabar

  • काठमाडौंमा गत चैत १५ गतेदेखि मेलम्चीको पानी वितरण शुरु भएपछि सडकमा पानीको लिकेज (चुहावट) बढेको छ । चुहावाटको समस्या बढेपछि आवश्यक रणनीति बनाउनुपर्ने भन्दै डिभिजन सडक कार्यालय काठमाडौंले काठमाडौं उपत्यका खानेपानी लिमिटेडसँग छलफल गर्ने भएको छ ।

    डिभिजन प्रमुख कुबेर नेपालीका अनुसार ३ सयभन्दा बढी स्थानमा सडकमा पानीको लिकेज देखिएको बताए । केयूकेएलले अहिलेसम्म करिब डेढ दर्जनस्थानमा मर्मतका लागि सडक खन्ने अनुमति मागेको छ । सडकमा जताततै पाइप फुटेर पानी निस्किएपछि सडक विभागले भने चिन्ता व्यक्त गर्दै आएको छ । विगतमा मेलम्चीको पाइपलाइन बिछ्याउँदा बिग्रिएको सडक बल्ल-तल्ल ठीक पारेको भन्दै विभागले फेरि पुरानै दिन आउने विभागको चिन्ता छ ।

    एकैपटक धेरै स्थानमा सडक खन्नुपर्ने र पाइपलाइनको लिकेज टाल्नुपर्ने भएपछि डिभिजनले समन्वयात्मक रुपमा काम गर्न आग्रह गर्ने निधो गरेको हो । यसका लागि मंगलबार केयूेकेएलसहित सरोकारवाला निकायलाई छलफलमा बोलाइएको नेपालीले बताए ।

    ‘उहाँहरुले सडक खनेर पुर्दा जथाभावी ढंगले काम भयो भने फेरि सडक बिग्रन्छ, हामीसँग सडकको विज्ञता छ, उहाँहरुसँग पाइपको,’ उनले भने,’हामी दुबै सरकारी निकाय भएकाले समस्याको समाधान छिटो र व्यवस्थित तरिकाले गरौं भन्ने हाम्रो प्रस्तााव हो ।’

    अहिले शहरका विभिन्न भागमा खानेपानीका पाइप फुट्नेरचुहिने समस्या देखिएका छन्। केयूकेएलका प्रवक्ता प्रकाशकुमार राईका अनुसार केयूकेएलका अनुसार मुख्यगरी पुराना भित्री शहरहरूमा यस्तो समस्या बढी देखिएको छ । फाट्टफुट्ट रूपमा अन्य शहरी क्षेत्रभित्र ढल र पाइपलाइनबाट पानी बाहिर निस्किएको छ ।

    लाजिम्पाट, बालाजु, सोह्रखुट्टे, पानीपोखरी, बानेश्वर चोक, रत्नपार्कलगायत क्षेत्रका सडकमा पनि यस्तो समस्या बढी देखिएको छ । प्रवक्ता राईका अनुसार पहिल्यैदेखि ढलको समस्या भएका क्षेत्रका पाइपलाइनमा पनि समस्या देखिएको छ । ढलबाट निस्कने ग्याँसले खानेपानीको पाइपलाई कमजोर बनाएका कारण चुहावटको समस्या देखिने गरेको उनको भनाइ छ ।

    कतिपय क्षेत्रमा लामो समयदेखि पानी नआएकाले हाउस कनेक्सनमा समस्या देखिएको छ । मेलम्चीबाहेक अन्य विकासे निकायले पनि सडकमा विभिन्न काम गर्दा पाइपलाइन र ढल प्रणालीमा क्षति भएकाले ‘लिकेज’ को समस्या बढी देखिएको छ । अहिले केयूकेएलले अनामनगर क्षेत्रका १६ सय वटा धारामा बाहेक अन्य पुरानै प्रणालीबाट पानी छोडेको छ । केही दिनभित्र मेलम्चीबाट आउने दैनिक करिब १७ करोड लिटर पानी वितरण थालिसक्ने योजना केयूकेएलको छ ।

  • ३० चैत्र २०७७, सोमबार १३:१५ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images