‘साला कम्युनिस्ट’ भन्दै मोहन बस्नेतले एमाले नेतालाई थर्काए !
  • CIA Khabar

  • काँग्रेस नेता मोहन बस्नेत अभद्र तरिकाले टीभी अन्तरवार्तामा प्रस्तुत भएका छन् । उनी कम्युनिस्टलाई देशद्रोहीको संज्ञा दिँदै एमाले नेता केशव बडालमाथि जाइलागेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ । पत्रकार ऋषि धमलाको कार्यक्रम ‘जनता जान्न चाहन्छन्’ मा अन्तरवार्ता दिने क्रममा बस्नेत एकाएक आक्रामक रुपमा प्रस्तुत भएका हुन् ।

    अन्तरवार्ताका क्रममा पत्रकार धमलाले सोधे, ‘केपी शर्मा ओलीले जति काम गर्नुभयो, धेरै काम त गर्नुभएको छ नि रु’ जवाफका क्रममा कांग्रेस नेता बस्नेतले भने, ‘काम गर्नुभा’छ भन्या १ वाइडबढी किनेर लेरायो, ख्वाप्प ४ अर्बको हिसाव छैन ।’

    त्यसपछि एमाले नेता बडालले केही बोल्न खोजेपछि बस्नेतले रोक्दै भने, ‘मलाई !!! क्लियर गर्न दिनुस् पहिला ! बडालले प्रतिवाद गर्दै भने, ‘क्लियर होइन, तपाईं कति फटाहा कुरा गर्दै हुनुहुन्छ, त्यस्तो हुँदै होइन के ’ बस्नेतले बडाललाई औँला उठाउँदै भने, ‘तपाईँ चोर कुरा गर्दै हुनुहुन्छ ! बढी कुरा गर्ने रु’ बस्नेतले जाइलाग्दै चर्को स्वरमा भने, ‘सम्हालिएर बस्नुस्, फटाहा भन्ने ?

    बडालले असत्य कुरा बस्नेतले बोलेको तर्क गरिरहे । बस्नेतले थप चर्किँदै भने, ‘तपाईंले असत्य कुरा बोल्नुभाछ, साले डाँका, देशद्रोही, कम्युनिस्ट ! चर्काचर्कीकै बीच बडालले केही बोल्न खोजेपछि बस्नेतले चुप लाग्न चेतावनी दिँदै आफूलाई बोल्न दिन अन्तरवार्ताकार ऋषि धमलासँग आग्रह गरे । त्यसपछि बडालले पनि धमलालाई अबदेखि बस्नेतजस्ता मान्छेसँग आफूलाई अन्तरवार्ता दिनका लागि नबोलाउन भन्दै आक्रोश पोखे ।

    ‘हुँदै नभएको यति ढाँट कुरा गर्नभा’छ । वाइडबढी उहाँहरुको सरकार भएका बेला भएको हो । वाइडबढी किनेको हुम्लाका पर्यटनमन्त्री भएका बेला त्यो निर्णय भएको हो’, बडालले भने । बडालले यतिबोल्दै गर्दा बस्नेतले निरन्तर प्रतिवादको प्रयास गरिरहे । बस्नेत फेरि बोले, ‘ऋषिजी, तपाईँले जे कुरा सोध्नुभयो ।

    उहाँले जवाफ दिनुभयो, म सुनेर बसेँ । मलाई पनि जवाफ दिन दिनुस् । त्यसपछि म उहाँको सुन्छु । त्यसबीचमा पनि उनीहरुबीच बाझबाझ चलिरह्यो । अन्तरवार्ताकार धमला मौन बसिरहे । केहीबेरपछि सहजीकरण गर्दै धमलाले बडाललाई आफ्नो धारणा राख्न समय दिए ।

  • ३० चैत्र २०७७, सोमबार १७:५७ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images