भोलिदेखि ४० देखि ५९ वर्ष उमेर समूहका नागरिकलाई चिनियाँ खोप दिइँदै
  • CIA Khabar

  • काठमाडौं—कोरोना भाइरस कोभिड—१९ विरुद्धको भेरोसेल खोप मंगलबारदेखि ४० देखि ५९ वर्ष उमेर समूहका नागरिकले पाउने भएका छन् । भोलिदेखि ०७८ वैशाख ५ सम्म खोप सो उमेर समूहका नागरिकलाई खोप दिइने स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा अन्तरगतको खोप शाखा प्रमुख डा। झलक गौतमले बताए ।

    चैत २५ बाट १८ देखि ५९ बर्ष उमेर समूहका व्यक्तिलाई खोप लगाउन सुरु गरिएको थियो । १८ देखि ५९ वर्ष समूहका अर्थात् पहिलो प्राथमिकतामा परेका विद्यार्थी, प्राध्यापक, चीनमा छात्रवृत्तिमा अध्ययन गर्ने विद्यार्थी, हिमालय पार व्यापार गर्ने नेपाली व्यापारीले समेत खोप लगाउँन पाउने उनले बताए । यस्तै यसअघि खोप लगाउन छुटेका अग्रपंक्तिमा खटिनेहरूले समेत चिनियाँ भेरोसेल खोप लगाउन पाउँछन् ।

  • ३० चैत्र २०७७, सोमबार १८:०५ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images