काँग्रेस केन्द्रीय समिति बैठक वैशाख ५ मा बस्ने
  • CIA Khabar

  • नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक वैशाख ५ गते बस्ने भएको छ। पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार सोमबार स्थगित भएको बैठक अब वैशाख ५ गते दिउँसो २ बजेका लागि बोलाइएको हो। वरिष्ठ नेता रामचन्द्र पौडेलका भाइ गोविन्दराज पौडेलको निधन भएपछि सोमबार बस्ने केन्द्रीय समिति बैठक स्थगित भएको थियो।

    काँग्रेसले क्रियाशील सदस्यता वितरण र नवीकरणको सूची करणका लागि समय थप गर्न केन्द्रीय समिति बैठक बोलाएको थियो । बारम्बार ताकेता गर्दा पनि अझै सात जिल्लामा क्रियाशील सदस्यता सूचीकरण हुन सकेको छैन । अन्य जिल्लामा पनि महाधिवेशनको कार्यतालिकालाई मध्यनजर गरी काम हुनु नसकेको काँग्रेसले जनाएको छ ।

  • ३० चैत्र २०७७, सोमबार २०:२८ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images