कोभिडबाट बच्न जनस्वास्थ्यमा नयाँ मापदण्ड
  • CIA Khabar

  • काठमाडौं – मुलुकमा कोरोनाको दोस्रो लहर फैलिएको र यसले स्वास्थ्य जोखिम निम्त्याएको ठहर गर्दै सरकारले जनस्वास्थ्यका नयाँ मापदण्ड जारी गर्ने भएको छ ।

    नयाँ मापदण्ड जारी गरेसँगै सार्वजनिक सरोकारका क्षेत्रले अपनाउनुपर्ने नियमहरुको बारेमा समेत सरकारले सार्वजनिकरुपमा देशवासीलाई अपील गर्न लागेको छ ।

    हिजो साँझ बसेको मन्त्रिपरिषदको बैठकले तत्काल कुनै पनि क्षेत्र बन्द गर्ने निर्णय लिनुभन्दा अगाडि जनतालाई कोरोनाको नयाँ प्रजातीबारे पर्याप्त जनचेनता फैलाउने र नयाँ मापदण्डका बारेमा सार्वजनिक अपील गर्ने निर्णय गरेको हो ।

    मन्त्रिपरिषद बैठकमा कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को पछिल्लो प्रस्तावमाथि छलफल भएको सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले जानकारी दिए । सीसीएमसीले शैक्षिक संस्था तीन साता बन्द गर्न प्रस्ताव गरेको थियो ।

    उप–प्रधानमन्त्री एवं सीसीएमसी संयोजक इश्वर पोखरेलले सरकारका तर्फबाट आज मंगलबार सार्वजनिक संचारमाध्यममार्फत देशबासीलाई मापदण्डको पालनाबारे अपील गर्नेछन् । साथै स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठी र सरकारका प्रवक्ता पार्वत गुरुङले पनि उप(प्रधानमन्त्री पोखरेलसँगै देशवासीलाई मापदण्ड पालनाको लागि संयुक्तरुपमा अपील गर्नेछन् ।

    यूके भेरिएन्ट फैलिएको र जोखिम बढेको परिस्थिति आंकलनसहितको छलफल मन्त्रिपरिषदमा भएको थियो । तर, तत्काल लकडाउन गरिहाल्ने र शैक्षिक संस्था लगायतका कुनै क्षेत्र बन्द गर्ने निष्कर्षमा सरकार पुगिसकेको छैन ।

    संक्रमणको परिस्थिति हेरेर सरकारले निर्णय लिने भएको छ । दोस्रो लहरमा बालबालिका बढी संक्रमित भएकाले शैक्षिक संस्था बन्द गर्न दवाव भए पनि सरकारले सरोकारवालासँग छलफल गरेपछि मात्र यसबारे निर्णय लिने भएको छ ।

     

  • ३१ चैत्र २०७७, मंगलवार ०७:४६ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images