सवारी दुर्घटनामा परी कपिलवस्तुका पत्रकार नन्दराम पौडेलको मृत्यु भएको छ । पत्रिकाको काम सम्पादन गरि बुद्धभूमि घर फर्किने क्रममा बाणगंगा नगरपालिका वडा नम्बर ८ मा सवारी दुर्घटना हुँदा उनको मृत्यु भएको हो ।

पश्चिम बाट आईरहेको ट्रकले विपरित दिशाबाट गईरहेको मोटरसाईकललाई ठक्कर दिएको ईलाका प्रहरी कार्यलय पिपराले  जानकारी दिएको छ ।

ठक्कर दिएको ट्रक प्रहरीको नियन्त्रण रहेको प्रहरीले जनाएको छ । अहिले स्थानीयले पूर्व पश्चिम राजमार्ग अवरुद्ध गरेका छन् ।