रामपुरमा बस र मोटरसाइकल ठोक्किदा एक घाइते
  • CIA Khabar


  •   काठमाडौ बाट रामपुर आउदै गरेको बस र रामपुर बेझाडबाट गण्डकीढिक तर्फ जाँदै गरेको बस र मोटरसाइकल एक आपसमा ठक्कर खादा एक युवा घाइते भएका छन् ।
      बिपरित दिशाबाट आइरहेको बस र मोटरसाइकल कालीगण्डकी करिडोर अन्तर्गत रामपुर नगरपालिका ४ खोप्टारमा ठोक्किएको थियो । दुर्घटनामा मोटरसाईकलमा रहेका नवलपुर जिल्ला बौदीकाली गाउँपालिका ३ रकुवाका १९ वर्षिय अस्मित सुनार घाईते भएको इलाका प्रहरी कार्यालय रामपुरले जनाएको छ । घाईते सुनारको रामपुर अस्पतालमा सामान्य उपचार पछि लुम्बिनी मेडिकल कलेज प्रभासमा रेफर गरिएको अस्पतालले जनाएको छ ।
    बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाको अनुसन्धान गरिरहेको जनाएको छ ।
    काठमाडौबाट रामपुरका लागि बिहान छुटेको लु २ ख २५६८ नम्बरको बस र विपरित दिशाबाट आइरहेको मोटरसाईकल ठोक्किएको हो ।

  • ३ बैशाख २०७८, शुक्रबार १९:५३ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images