प्रधानमन्त्री केपी शर्मा ओलीले ‘एसियाको भविष्य’ विषयक छलफल सत्रलाई सम्बोधन गर्ने
  • CIA Khabar

  • प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी जेठ ६ र ७ मा आयोजना हुने ‘एसियाको भविष्य’ विषयक छलफल सत्रलाई भर्चुअलरुपमा सम्बोधन गर्ने भएका छन् । जापानको प्रतिष्ठित मिडिया हाउस निक्केइ इन्कर्पोरेसनले आयोजना गर्ने उक्त सत्रलाई प्रधानमन्त्री ओलीसहित पाकिस्तानी प्रधानमन्त्री इमरान खान, मलेसियाली प्रधानमन्त्री महाथिर बिन मोहम्मद, थाइल्यान्डका प्रधानमन्त्री प्रत्युत चान चाले समेत सम्बोधन गर्नेछन् । भारतीय विदेशमन्त्री एस जयशंकर र सिंगापुरका उपप्रधानमन्त्री हेङ स्वी किटसहित अमेरिकी नेसनल सेक्युरिटी काउन्सिलका एसिया मामिला हेर्ने पूर्व बरिष्ठ निर्देशक इभान मेडेइरोस समेत वक्ता छन् ।
    आयोजक संस्था निक्केइ इन्कर्पोरेसनले आफ्नो वेबसाइटमा कोभिड महामारीपछि विश्वको पुनर्उत्थानमा एसियाको भूमिकाबारे छलफल केन्द्रित हुने उल्लेख गरेको छ । शान्ति, स्थायित्व र विविधतालाई संरक्षण गर्दै भविष्यमा आउन सक्ने महामारी र अन्तर्राष्ट्रिय मुद्दामा हातेमालो गर्नेबारे छलफल हुने समेत उल्लेख छ । एसियाको भविष्य शीर्षकमा हुने यो २६ औं सम्मेलनका लागि गतवर्ष पनि प्रधानमन्त्री ओलीलाई निम्तो आएको थियो । कोभिडका कारण गतवर्ष हुन नसकेको यो छलफलमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने तय भएको प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले जानकारी दिए ।
  • ३ बैशाख २०७८, शुक्रबार ०७:०३ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images