कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले विश्वासको मत हासिल गरे
  • CIA Khabar

  • कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले विश्वासको मत हासिल गरेका छन् । विपक्षमा मतदान गरेको नेकपा एमालेका ४ सांसदले ह्वीप उल्लंघन गर्दै मुख्यमन्त्री शाहीको पक्षमा मतदान गरेपछि शाही नेतृत्वको सरकार जोगिएको हो । शुक्रबार कर्णाली प्रदेशसभामा भएको मतदान प्रक्रियामा शाहीको पक्षमा बहुमत सांसद उभिएका हुन् ।
    प्रदेशसभामा कायम ३९ सांसदमध्ये २२ जना शाहीको पक्षमा उभिए । जसमा माओवादी केन्द्रका १२, नेपाली काँग्रेसका ६ र नेकपा एमालेका ४ जना सांसदले शाहीको पक्षमा मतदान गरेका छन् । काँग्रेस र माओवादीसँग बहुमत नभएकाले शाही नेतृत्वको सरकार ढल्ने लगभग पक्का थियो । तर आश्चर्यजनक ढंगले एमालेका ४ सांसदले ह्वीप उल्लंघन गर्दै माओवादीको सरकारलाई जोगाइदिएका छन् ।
  • ३ बैशाख २०७८, शुक्रबार १९:२१ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images