रामपुरमा स्थानीय तह सस्थागत क्षमता तथा स्व- मुल्यांकन कार्यशाला चल्दै
  • CIA Khabar

  •     पाल्पाको रामपुर नगरपालिकामा स्थानीय तह सस्थागत क्षमता स्व-मूल्याकंन कार्याशाला शुरु भएको छ ।
        प्रदेश प्रशिक्षण प्रतिस्ठान लुम्बिनी प्रदेशको सहयोग र रामपुर नगरपालिकाको आयोजनामा चलेको कार्यशालाको नगर प्रमुख रमण बहादुर थापाले शुभारम्भ गर्नुभयो । शुभारम्भ गर्दै नगरप्रमुख थापाले कार्यशाला अबधिभरको सिकाईलाई नगरपालिकाको कार्यान्वयन चरणमा लैजान सहभागीलाई अनुरोध गर्नुभयो ।
                  कार्यशालाले नगरको कार्यशैलीलाई चुस्तदुरुस्त बनाउन सहयोग पुग्ने रामपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिलाले बताउनुभयो । साथै यो कार्यशालाले आफ्नै मुल्यांकन गरि थप राम्रो बनाउदै हाम्रो राम्रो र नमुना पालिकाको अभ्यासको लागि मद्दत पुग्ने बिश्वास व्यक्त गर्नुभयो।       

        कार्यशालामा रामपुर नगरपालिकाका कार्यपालिका सदस्य, शाखा प्रमुख र कर्मचारीको सहभागिता छ । ” समृद्ध प्रदेश, सुखी जनता” लाई उद्घोष गर्दै आएको प्रदेश सरकारले हरेक स्थानीय तहको काम व्यबाथित र अझ प्रतिफल लिन सकिने गरि काम गर्न कार्यशालाको अभियान चलाएको हो । कार्यशालामा स्थानिय तहका उपलब्धि, सस्थागत सफलताको लागि गर्नुपर्ने काम एवं गर्न सकिने संभावना र स्थानीय तहले गर्नुपर्ने दैनिक कार्यलाई कसरी व्यबस्थित, उपलब्धिमुलक र सहज तथा सरल रुपमा सेवा दिन सकिन्छ भन्ने बिषयमा सहजिकरण गरिएको बताइएको छ ।
            ४ दिनसम्म चल्ने कार्यशालामा तिनाहु गाउपालिकाका प्रमुख प्रशासकीय अधिकृत समेत रहनुभएका प्रशिक्षक सुन्दर श्रेष्ठ र सुर्य प्रसाद न्यौपानले सहजीकरण गर्नुभएको छ ।

     

  • ४ बैशाख २०७८, शनिबार १०:४९ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images