मौसम प्रतिकूल हुँदा हवाई उडान प्रभावित, चार अन्तर्राष्ट्रिय विमान डाइभर्ट
  • CIA Khabar

  • काठमाडौँको मौसममा आएको प्रतिकूलताले शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई उडान प्रभावित भएको छ ।

    शुक्रबार अपरान्हपछि काठमाडौँ उपत्यकाको मौसम खराब भएको थियो । मघगर्जनसहित वर्षा भएपछि नेपालको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलमा विमान अवतरण गर्न सक्ने अवस्था बनेन ।

    विमानस्थल कार्यालयका अनुसार मौसम खराबीका कारण ४ वटा अन्तर्राष्ट्रिय विमानलाई भारततर्फ डाइभर्ट गरिएको छ । यस्तै आन्तरिक हवाई उडानसमेत प्रभावित भएका छन् ।

    साउदीको दमामबाट काठमाडौँ आउँदै गरेको हिमालय एयरलाइन्स र नयाँ दिल्लीबाट आएको एयर इण्डियाको विमानलाई भारतको वनारस डाइभर्ट गरिएको छ । यस्तै कतारको दोहाबाट आएको कतार एयरवेजको विमानलाई भारतको कोलकाता डाइभर्ट गरिएको छ ।

    उता, दिल्लीबाट उडेको नेपाल एयरलाइन्सको विमानलाई दिल्ली नै फिर्ता पठाइएको छ ।

    आन्तरितकतर्फ ७ वटा जहाज डाइभर्ट गरिएको विमानस्थल कार्यालयले जनाएको छ । ६ वटा बुद्ध एयरका जहाज र एउटा यति एयरको जहाज डाइभर्ट गरिएको हो । विमानस्थल कार्यालयले अहिले ४ हजार मिटरको भिजिबिलिटी रहेको र मौसममा क्रमिक सुधार हुँदै गएको जनाएको छ ।

  • ३ बैशाख २०७८, शुक्रबार १९:५९ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images