प्रधानमन्त्रीको आह्वानमा बालुवाटारमा आज सर्वदलीय बैठक
  • CIA Khabar

  • प्रधानमन्त्री केपी शर्मा ओलीले आज सर्वदलीय बैठक डाकेका छन् ।

    प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बिहान ११ बजेका लागि सर्वदलीय बैठक राखिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

    थापाका अनुसार बैठकमा मुलुकको विद्यमान राजनीतिक परिस्थितिबारे सल्लाह, सुझाव र छलफल हुनेछ ।

    विघटित प्रतिनिधिसभा पुनर्स्थापना र साविक नेकपामा आएको विभाजनपछि बढेको राजनीतिक अन्योलताकाबीच डाकिएको बैठकलाई चासोका साथ हेरिएको छ ।

    बैठकमा प्रधानमन्त्री ओलीले बढ्दै कोभिड–१९ महामारीको दोस्रो लहरले सिर्जना गरेको समस्यामा दलहरूको धारणा बुझ्ने तयारी गरेका छन् ।

    नेकपा (एमाले), नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी लगायतका दलहरू संसदमा छन् ।

  • ४ बैशाख २०७८, शनिबार १०:१३ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images