अयोध्याधाममा मूर्ति स्थापनाको तयारी
  • CIA Khabar

  • चितवनको माडी नगरपालिका–९ अयोध्याधाममा राम, सीता, लक्ष्मण र हनुमानको पूर्णकदका मूर्ति स्थापना गरिने भएपछि निर्माण कार्य तीव्ररुपमा अगाडि बढेको छ ।

    प्रधानमन्त्री निवास बालुवाटारमा राखिएका राम, सीता, लक्ष्मण र हनुमानको पूर्णकदका मूर्ति आउँदो चैत ७ गते काठमाडौँबाट र्‍यालीसहित ल्याइने र चैत ८ गते  कार्यक्रमसहित स्थापना गर्ने कार्यतालिका सार्वजनिक भएपछि मन्दिर निर्माण तीव्र पारिएको हो ।

    मूर्ति स्थापना गर्न माडीका राजनीतिक दलको सर्वदलीय सहमति र सामाजिक सङ्घ संस्थाको समन्वयमा तयारीका काम अगाडि बढिरहेका छन् ।

    कार्यक्रममा विभिन्न जातजातिका झाँकी प्रदर्शन गर्न तयारी भइरहेको अयोध्याधाम व्यवस्थापन समिति प्रचारप्रसार उपसमितिका संयोजक श्रीप्रसाद दवाडीले जानकारी दिए ।

    कार्यक्रमलाई व्यवस्थितरुपमा सम्पन्न गर्न शुक्रबार माडी नगर कार्यपालिका र अयोध्याधाम व्यवस्थापन समिति सचिवालयको संयुक्त बैठक गरिएको छ ।

    बैठकले माडी र र्‍यालीलीको बाटोमा पर्ने भरतपुर महानगरकाका वडामा स्वागतद्वार राख्न अनुरोध गर्ने निर्णय भएको माडी नगरपालिकाका प्रवक्ता शिवहरि सुवेदीले जानकारी दिए ।

    अयोध्याधाममा सरसफाइ, निर्माण र सहयोगको काम अगाडि बढिरहेको अयोध्याधाम व्यवस्थापन समितिका अध्यक्ष तीर्थ भुसालले जानकारी दिए ।

    अयोध्याधाम निर्माणको लागि आर्थिक तथा जिन्सी सहयोग आइरहेका छन् । निर्माण तीव्ररुपमा अगाडि बढेपछि अवलोकन गर्न आउनेको पनि चहलपहल बढेको छ ।

  • ४ बैशाख २०७८, शनिबार १०:३३ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images