रामपुरमा जेष्ठ नागरिक मिलन केन्द्र बन्दै
  • CIA Khabar

  •  पाल्पाको रामपुर नगरपालिकामा जेष्ठ नागरिक मिलन केन्द्र बन्ने भएको छ । नगर स्तरीय जेष्ठ नागरिक मिलन केन्द्र रामपुर ५ मा रहेको  लक्ष्मीनारायण मन्दिर रामघाटमा बन्ने रामपुर नगरपालिकाले जनाएको छ । यसको लागि महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले २५ लाख बजेट बिनियोजन गरेको छ ।    मिलन केन्द्र निर्माणका लागि जनप्रतिनिधि तथा स्थानीयको भेलाले ९ सदस्यीय समिति गठन गरेको छ । समितिको अध्यक्षमा चिरन्जीवी रेग्मी, सचिबमा सार्जन चन्द ठकुरी, कोषाध्यक्षमा लक्ष्मी ढकाल रहनुभएको छ । साथै समितिको सदस्यमा राम प्रसाद शर्मा ढकाल, भगवती ढकाल, भोज बहादुर राना, धन कुमारी भट्टराई, बिनोद कुमार पंगेनी र दुर्गा प्रसाद पोखरेल रहनुभएको छ ।
             लक्ष्मीनारायण मन्दिर सन्चालन तथा व्यबस्थापन समितिका अध्यक्ष बुद्धिप्रकाश रेग्मीको अध्यक्षतामा भेला बसेको थियो । भेलामा रामपुर नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष हिमाल मल्ल सहित वडा सदस्यहरु जनप्रतिनिधिको सहभागिता रहेको थियो ।


        झण्डै ४ रोपनी क्षेत्रफलमा बन्ने जेष्ठ नागरिक मिलन केन्द्रमा समाजका जेष्ठ नागरिकहरु फुर्सदको समयमा दिनमा जम्मा भएर भजन गाउने तथा सुख दुखका गफगाफ गरेर खुशियाली दैनिकी बिताउन मद्धत पुग्ने आशाले नगरपालिकाको समन्वयमा मिलन केन्द्र निर्माणको पहल थालिएको हो ।
            केही दिनमा नै जेष्ठ नागरिक मिलन केन्द्रको शिलान्यास गरि निर्माण कार्यलाई अगाडि बढाउने रामपुर नगरपालिकाका नगरप्रमुख रमण बहादुर थापाले बताउनुभयो ।
              नगरमा जेष्ठ नागरिक मैत्री भवन तथा दिर्घकालिन मिलन केन्द्रको आबश्यकताले नगरपालिकाको पहलमा जेष्ठ नागरिक मिलन केन्द्र रामपुरमा पार्न सफल भएको रामपुर नगरपालिका महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाका सहायक महिला विकास निरीक्षक पुजा परियारले बताउनुभयो ।

  • ४ बैशाख २०७८, शनिबार १९:४६ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images