दाङ । तुलसीपुरमा करेन्ट लागेर एक पुरुषको मृत्यु भएको छ ।
आज बिहान तुलसीपुर उपमहानगरपालिका–७ झुमरे निवासी ४७ वर्षिय पुष्प श्रेष्ठको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
नवनिर्मित आफ्नै घरमा पानी चार्नका लागि फलामको भर्याङ लैजाने क्रममा थ्रिफेज लाइनमा छुइँदा करेन्ट लागेर श्रेष्ठको मृत्यु भएको प्रहरीले बताएको छ ।