आकाशे पानी शुद्धीकरण गरेर विद्यालयमा खानेपानी
  • CIA Khabar

  • खोटाङ– खानेपानीको चरम अभाव रहेको हलेसी तुवाचुङ नगरपालिका–३ स्थित च्यास्मिटार माध्यमिक विद्यालयमा आकाशे पानी शुद्धीकरण गरेर प्रयोग गर्न थालिएको छ ।

    विद्यालयका प्रधानाध्यापक तेजकुमार राईका अनुसार नगरपालिको पहलमा ‘वेस्ट वाटर’ संस्था र विद्यालयबीचको साझेदारीमा आकाशबाट परेको पानीलाई जम्मा गरी छानेर पिउनयोग्य बनाइएको छ । 

    वर्षात्को पानीलाई ३० हजार लिटरका तीनवटा ट्यांकीमा जम्मा गरिएको छ । उक्त संस्थाको १२ लाख र विद्यालयको एक लाख ९० हजारको लागतमा शुद्धीकरण उपकरण जडान गरिएको हो । 

    उक्त संस्थाले गत आइतबार विद्यालयलाई औपचारिक रूपमा खानेपानी योजना हस्तान्तरण गरेको छ । नगरपालिकाको ११ वटा वडामा वर्षौँदेखि खानेपानीको समस्या छ । स्थानीयवासी ट्रयाक्टर तथा गाग्रीमा दूधकोशीबाट बोकेर ल्याएको पानी उपभोग गर्न बाध्य छन् ।  

    चार हजार आठ सय ९७ उपभोक्ता दूधकोशी नदीको पानी लिफ्ट गरेर वितरण गर्नेगरी सञ्चालित ‘बृहत् हलेसी लिफ्टिङ खानेपानी आयोजना’ अलपत्र छ ।

     सरकारको रु ९६ करोड ४५ लाख चार हजार एक सय ३८ लागतमा सम्पन्न गर्नेगरी २०७४ सालदेखि निर्माण सुरु भएको यो आयोजनाको काम अन्तिम चरणमा पुगेपछि अलपत्र भएको हो । 

  • १४ मंसिर २०८१, शुक्रबार १०:०० प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images