संसदले सरकारलाई काम गर्नै दिएन – प्रधानमन्त्री
  • CIA Khabar

  • प्रधानमन्त्री केपी शर्मा ओलीले संसदले काम गर्न नदिएको भन्दै सभामुखको आलोचना गरेका छन् ।

    बालुवाटारमा जारी सर्वदलीय बैठकमा संसदले सरकारलाई काम गर्नै नदिएको र त्यसको प्रमुख भूमिका सभामुख अग्निप्रसाद सापकोटाले खेलिरहेको प्रधानमन्त्री ओलीले गुनासो गरेको बैठकमा सहभागी राप्रपा अध्यक्ष प्रकाशचन्द्र लोहनीले जानकारी दिए ।

    उनले भने, ‘संसदले काम गर्न दिएन । सभामुखले अराजक र अनैतिक काम गरेको भनेर प्रधानमन्त्रीले गुनासो गर्नुभयो ।’

    त्यसको जवाफमा परिपक्क राजनीतिक नेतृत्व रहेकाले छलफल गरेर समस्या समाधान गर्न सुझाव दिएको उनले बताए ।

    कोरोनाको दोस्रो चरण शुरु हुने क्रममा रहेको त्यसलाई कसरी निण्न्त्रण गर्ने भन्ने विषयमा समेत सर्वदलीय बैठकमा छलफल भएको अध्यक्ष लोहनीले जानकारी दिए । उनले भने,‘ कोभिडका बारेमा कसरी समाधान गर्ने भन्ने विषयमा समेत छलफल भयो ।’

    आजको सर्वदलीय बैठकमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसहित जसपाका अध्यक्षद्वय डाक्टर बाबुराम भट्टराई र उपेन्द्र यादव भने सहभागी भएका छैनन् ।

  • ४ बैशाख २०७८, शनिबार १६:०८ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images