कफी पिउने व्यक्तिमा छालाको क्यान्सरको जोखिम कम
  • CIA Khabar

  • चियाका अम्मली जस्तै हुन् कफीका पारखिहरु । शहरतिर क्याफेमा बसेर कफीको चुस्किसँगै गफ गर्नुको मज्जै बेग्लै हुन्छ । तर कफी हाम्रो स्वास्थ्यकालागी फाइदाजनक छ त ?

    कुनै पनि चिजको बढि उपयोग गरे यसको हानी हुनु स्वभाविक हो । कफी पनि यस्तैमा पर्दछ । कफीको अत्यधिक सेवन गरे यसले हानी पुर्‍याउँछ । तर निश्चित मात्रामा कफीको सेवन गरे यसले केही लाभ भने पुर्याउँछ ।

    जर्नल अफ द नेसनल क्यान्सर इन्सन्टिच्युटको एउटा अध्ययन प्रतिवेदनमा कफीको यस्तै एक लाभबारे दाबी गरिएको छ । अध्ययनमा दिनहुँ चार कपसम्म कफी खाने गरे छालाको क्यान्सरबाट बच्न सकिने तथ्य आएको छ । यद्यपि यो प्रारम्भिक तथ्य मात्र थियो ।

    अध्ययनमा दिनहुँ कफी खाने ४ लाख ४७ हजार ३ सय ५७ व्यक्तिको स्वास्थ्यलाई निरन्तर एक दशकसम्म निगरानी गर्दा कफी खाने व्यक्तिमा छालाको क्यान्सरको जोखिम कम रहेको देखिएको थियो । अर्थात्, दिनहुँ चार कपसम्म कफी खाने व्यक्तिहरूमा छालाको क्यान्सरको जोखिम २० प्रतिशतसम्म कम देखियो ।

  • ४ बैशाख २०७८, शनिबार १९:५० प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images